२८ बैशाख २०७६, काठमाडौं
नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा काठमाडौं क्षेत्र नं. ४ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य गगन कुमार थापाले २०७५ को विद्यार्थी भर्ना अभियानमा अभिभावकत्व ग्रहण गरेको विद्यार्थी विवरण नै तथ्यहिन भएको बुझिएको छ ।
विपक्षीहरुले चर्का भाषण मात्र गर्ने भनेर आरोप लगाउने गरेका सांसद थापाले बूढानीलकण्ठ नगरपालिका वडा नं. १० स्थित बाल उद्धार माध्यमिक विद्यालयको कक्षा १ मा भर्ना गरिएको भनी शिक्षा विभागको विवरणमा उल्लेखित रशिका श्रेष्ठ विद्यालयमा नै नभएको तथ्य खुल्न आएको छ ।
शिक्षा विभागबाट प्राप्त जानकारी :
यस विषयमा विद्यालयका प्रधानाध्यापकसँग कुरा गर्दा उक्त नामको विद्यार्थी कक्षा १ मा भर्ना नै नभएको, विद्यार्थी भर्नाको लागि स्वयम् सांसद थापा वा उनको कोही प्रतिनिधि समेत विद्यालयमा नआएको बताए ।
पटकपटक विवादमा आएका सांसद थापाले अभिभावकत्व लिएको विद्यार्थी विद्यालयमै भर्ना नहुनुले उनी विकासमा भन्दा भाषणमा मात्रै सिमित रहेको नेकपाका एक स्थानीय नेताले परिवर्तन खबरलाई बताए ।