२९ बैशाख २०७६, काठमाडौं
प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठले काठमाडौं महानगरपालिका वडा नं. १३ स्थित ताहाचल चुली मयजु अजिमा देबि मन्दिर जिर्णाेद्वार कार्यको शिलान्यास गरेका छन् ।
मन्दिर परिसर पुनः निर्माणको लागि धेरै बर्ष देखि स्थानीय जनसमुदायहरुले प्रयास गरेका थिए । स्थानीय जनसमुदायको मागअनुसार मन्दिर निर्माणकार्यका लागि काठमाण्डौ क्षेत्र न. ८ स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगत २५ लाख बजेट सांसद कोषबाट बिनियोजन गरिएको छ ।
पुनःनिर्माणले नेपाली संस्कृति, मठ मन्दिरको संरक्षण हुनुका साथै स्थानीय जनसमुदाय र बाटो हिडडुल गर्ने वटुवाहरू पार्कबाट लाभान्वित हुनेछन् ।
शिलान्यास कार्यक्रममा संघीय सांसद श्रेष्ठ सहित प्रदेश सभा सदस्य राजेश शाक्य, जिल्ला समन्वय समिति प्रमुख शिवसुन्दर राज बैद्य, काठमाडौं महानगरपालिका वडा नं १३ का वडाध्यक्ष ध्रुव नारायण मानन्धर, वडा सदस्यहरु, चुली मयजु अजिमा देबि मन्दिर निर्माण संरक्षण उपभोक्त समितिका संयोजक राजेन्द्र महर्जन लगायत स्थानीय जनसमुदाय उपस्थिती रहेको थियो ।