११ जेष्ठ २०७६, काठमाडौं
इटहरी उप–महानगरपालिकाका मेयर द्धारिकालाल चौधरीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्र विरोधी अभिव्यक्ति दिँदै हिँडेको भन्दै पत्रकार महासंघले आपत्ति जनाएको छ ।
स्थानीय सरकारको प्रमुखजस्तो ओहोदामा रहेका व्यक्तिले नागरिकका पक्षमा लेख्ने पत्रकारलाई निशाना बनाउनु आपत्तिजनक भएको महासंघको ठहर छ ।
पत्रकार महासंघ सुनसरीले शनिबार एक विज्ञप्ती जारी गर्दै पत्रकारमाथि भएको दुर्व्यवहारप्रति माफी माग्न र प्रेसप्रतिको दुष्टिकोण सार्वजनिक गर्न ४८ घण्टे अल्टिमेटमसमेत दिएको छ ।
समाचार संकलनको लागि प्रतिक्रिया लिन पुगेका पत्रकारद्वय विकल रेग्मी र कृष्णबहाव भट्टराईलाई मेयरले दुर्व्यवहार गरेका थिए ।
त्यस्तै विभिन्न सञ्चार माध्यमका पत्रकारलाई निशाना बनाएर अभिव्यक्ति दिनुले स्थानीय सरकारको प्रेसप्रतिको दुष्टिकोणमै प्रश्न उठेको महासंघको बुझाई छ ।