१४ जेष्ठ २०७६, काठमाडौं
टीकापुर घटनामा संलग्न रहेको अभियोगमा जन्मकैदको फैसला सुनाईएका रेशम चौधरी जेलभित्रै बिरामी परेका छन् । चौधरीको फोक्सोमा समस्या देखिएको छ । जिल्ला अदालत कैलालीबाट जन्म कैदको सजाय पाएका चौधरी हाल डिल्लीबजार कारागारमा छन्।
उनको मुद्दा पुर्नावेदनका लागि उच्च अदालतमा पुगेको छ । करिब एक सातादेखि जेलभित्रै विरामी परेका चौधरीले राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका नेताहरुलाई जेलभित्रैबाट फोन गर्दै आएका छन् ।
चौधरीकी श्रीमती रंजिताले बताए अनुसार ,‘उहाँले जेलबाट राजपाका नेताहरुलाई बारम्बार फोन गर्नु भयो तर नेता जीहरुले वास्ता नै गर्नु भएन । नेता जीहरुले भेट्न मान्नु भएको छैन ।