०४ भदौ २०७६, काठमाडौं
आज विश्व अल्जाइमर्स दिवस अर्थात सेप्टेम्बर २१ विश्व अल्जाइमर्स दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ।
अल्जाइमर्स भनेको बुढ्यौलीसँगै स्मरण शक्ति तथा मनमस्तिष्कका अन्य क्षमता क्रमिक रूपमा घट्दै जाने विभिन्न रोगमध्ये अल्जाइमर्स पनि एक हो।
स्मरण शक्तिसँग सम्बन्धित विभिन्न समस्याका साथमा अस्पतालमा आएर जचाएकाहरूमध्ये ६०–८० प्रतिशत मानिसमा अल्जाइमर्स देखिने चिकित्सकहरुको भनाई छ।
नेपालमा भने अल्जाइमर्सका बिरामीको यकिन तथ्यांक नभए पनि बढ्दो जनचेतना र स्वास्थ्य सेवामा आएको सुधारसँगै यस रोगका बिरामी पनि देखा पर्ने क्रम बढ्दो छ।
विश्व स्वास्थ्य संगठनका (डब्लूएचओ) अनुसार, अबको ३० वर्षमा विश्वमा १५ करोड भन्दा धेरै मानिसलाई बिर्सने रोग अर्थात ‘डिमेन्सिया’ हुने जनाएको छ।
२०५० सम्ममा विश्वमा १५ करोड २० लाख मानिसमा डिमेन्सिया हुने उसको अनुमान पनि छ।
बिर्सने रोग अल्जाइमर्स डिमेन्सियाको एउटा सामान्य रुप हो। अल्जाइमर्स भएपछि व्यक्तिले सुरुमा भर्खरै गरेका काम बिर्सन थाल्ने चिकित्सकहरु बताउँछन्।
सुरुमा भर्खरै गरेको काम बिर्साउने यो रोगले भविष्यमा सबै कुरा बिर्सेर दैनिक क्रियाकलाप नै गर्न नसक्ने अवस्थामा पुर्याउँदछ।
जुन रोग लाग्नुको मूख्य कारण भिटामिनको कमी, डिप्रेशन, लामो समय जाँडरक्सी खाने व्यक्ति, परिवारबाट माया नपाउने र उमेर ढल्किँदै गएपछि हुने सम्बन्धित विज्ञहरु बताउँछन्।
सुत्न नसक्नु वा निन्द्रा कम लाग्नु पनि अल्जाइमर्सको लक्षण नै मानिन्छ।