यी हुन् सिस्नोको फाईदाहरु



०८ असोज २०७६, काठमाडौं

‘हातको मैला सुनको थैला के गर्नु धनले, साग र सिस्नो खाएको बेस आनन्दी मनले’ महाकवि लक्ष्मीप्रसाद देवकोटाका यी पंक्तिमा मात्रै सीमित रहेन अहिले सिस्नोको चर्चा।

कुनै बेला गाउँघरमा दुई छाक खानाको लागि जोहो गर्न नसक्नेहरुले समेत तुच्छ खानाको रूपमा लिने गरेको सिस्नो अहिले शहरका ठूला–ठूला डिपार्टमेण्ट स्टोर, तारे होटल लगायत महँङ्गो खानाको परिकारमध्येमा पर्न थालेको छ।

सिस्नो खानु स्वास्थ्यको लागि उत्तिकै फाईदाजनक मानिन्छ।

त्यसैले जान्नुहोस् सिस्नोको फाईदाहरुः

–शरिरका अङ्गहरूमा अनेक कारणले भएको दुखाईमा सिस्नोको सेवनले राहात मिल्छ। हड्डी र जोर्नीको दुखाई तथा शरिरमा आएका बिबिराहरु हटाउनमा समेत यसको भूमिका हुन्छ।

– महिलाको पेटको बच्चालाई मजबुत बनाउनाका साथै रक्तश्राव रोक्न सहयोग गर्छ। महिलाको दूध उत्पादन र छिटै रजनोवृत्ति हुनबाट समेत रोक्छ।

–महिलाहरुका लागि सिस्नो एकदमै उपायोगी हुन्छ किनभने यसमा पर्याप्त फलाम तत्व पाईन्छ। जसले रक्तअल्पता र कमजोरी हटाउँछ। त्यस्तै, कलेजो र महिलाको हर्मोनको संरक्षण गर्न सहयोग पुर्याेउँछ।

–मुत्रनलीमा हुने अवरोधलाई हटाउँछ।

–कपाल झर्ने समस्याहरुमा र छालाको रोगमा समेत यो उत्तिकै उपयोगी हुन्छ। डन्डीफोरको समस्या हटाउन र टाउकोको छालामा हुने अन्य समस्या हटाउन सिस्नो निकै उपयोगी हुन्छ।

बर्खे ज्वरोमा समेत सिस्नोको सेवनले लाभ पुर्याेउँछ। यसका लागि सिस्नोको सुप उपयोगी हुने चिकित्सकहरु बताउँछन्।

–पाचनमा सिस्नो लाभदायक हुन्छ। रुघाका कारण घाँटी बसेको अवस्थामा, गुद्धद्वार सुन्निदाँ नाथ्री फुट्दा र मुख दुख्ने रोगमा पनि सिस्नुको सेवन लाभदायिक मान्निछ।

–सिस्नोमा भिटामिन, मिनरल, बेटा कारोटेन, पोटासियम, आइरन, क्लोरोफिल र जिङ्क पाईने भएकाले हुनाले शरिरमा लाग्ने विभिन्न प्रकारका रोगहरुसँग सिस्नो सधैँ नै सो भिडिरहेको हुन्छ।

प्रतिक्रिया दिनुहोस्