०८ असोज २०७६, काठमाडौं
हालै मेडिकल अनुसन्धानकर्ताहरुले लामो समयको अध्ययनपश्चात महिलाहरुलाई स्तन स्वास्थ्यमा जोखिम हुने भन्दै रातको समयमा ‘ब्रा’ खोलेर सुत्न सुझाव दिएका छन्।
अनुसन्धानकर्ताहरुका अनुसार, रातको समयमा टम्म–कसिलो ‘ब्रा’ लगाएर सुत्नाले स्तनको रक्तसन्चार तथा स्नायुप्रणालीमा नकरात्मक असर पर्नुका साथै अरु संक्रमणजन्य रोगलगायत स्तन क्यान्सरकोसमेत जोखिम बढ्ने बताए।
महिलाहरुले सुत्दाखेरी भित्री कपडा ब्रा लगाएर सुत्ने कि खोल्ने भन्ने बिषयमा सबै मानिसको फरक–फरक धारण रहेको पाईन्छ। कतिपयः महिलाहरु रातको समयमा सुत्दा ‘ब्रा’ ले निद्रा बिथोलेको बताउँछन् भने कति महिलाहरु ‘ब्रा’ लगाएर सुत्दा स्तनको आकार राम्रो हुने र नझोल्लिने दाबी गर्दछन्।
केहि महिला सौन्दर्य विशेषज्ञहरुले ‘ब्रा’ फुकालेर सुत्नाले स्तनको आकारमा नकरात्मक असरपर्ने र चाँडै स्तन झोल्लिने समस्या देखापर्ने प्रतिक्रियासमेत दिएका छन् । मेडिकल जर्नलकाअनुसार ‘ब्रा’, विशेषगरी भित्री कपडाले रक्तसन्चारलाई प्रभावित गर्दछ।
त्यसैले चिकित्सकहरुका अनुसार, सुत्नुअघि ब्रा फुकालेर हल्का कपडा लगाउन सल्लाह दिन्छन्। ब्रा लगाएर सुत्नाले ‘ब्रा’मा रहेको हुकले छालामा हानि गर्ने सम्भावना बढी हुन्छ।
जसबाट छालामा घाउ तथा संक्रमण हुने सम्भावनासमेत रहन्छ ।अनुसन्धानकर्ताहरुकाअनुसार ‘ब्रा’ ले शारीरिक मात्रै नभई मानसिक तनावसमेत दिने गर्छ।
ब्रा लगाएर सुत्नाले जीवाणुको संक्रमणको जोखिम बढ्दछ। छातीको वरिपरि संक्रमणको जोखिम हुने र स्तनमा संक्रमणको लागि ‘ब्रा’ ले सहयोगी भूमिका खेल्दछ।
ब्रा नलगाइ सुत्दा स्तनको आकार तल–माथि (स्तन झोल्लिने) हुने समस्या हुन्छ कि भन्ने यदि लाग्छ भने त्यसको लागि दैनिक शारीरिक व्यायाम र चिकित्सकको सल्लाहबमोजिम प्राकृतिक स्तन थेरापी गर्न सुझाव दिइएको छ।