शल्याक्रियापश्चात एक सुत्केरी महिलाको मृत्युः यसो भन्छन् आफन्तहरु



०९ असोज २०७६, काठमाडौं

तानसेन युनाइटेड मिसन अस्पतालमा सुत्केरी हुन आएकी महिलाको शल्यक्रियापश्चात मृत्यु भएको छ। परिवारले भने स्वास्थ्यकर्मीको लापारवाहीका कारण मृत्यु भएको आरोप लगाएका छन्।

जिल्लाको रम्भा गाउँपालिका–४ हुमिन लोरेङगका २४ वर्षीया विपीन्द्रा सूयवंशीको पेटमा रहेको शिशुको मृत्यु भएपछि चिकित्सकले शल्यक्रिया गरेका थिए। शल्यक्रिया गरेको दुई तीन घण्टापश्चात विपीन्द्राको पनि मृत्ययु भएको उनका आफन्त बलराम सूर्यवंशीले जानकारी दिए।

तानसेन नगरपालिका–१ मा अस्थायी बसोबास गर्दै आएकी सूर्यवंशी सुत्केरी हुन गत मंगलबार अस्पतालमा भर्ना भएकी थिइन। नर्मल रुपमा सुत्केरी हुन भन्दै अस्पताल छिरेकी उनको पेटमा बच्चा मृत भएको चिकित्सकले थाहा पाएपछि शल्यक्रिया गरेका थिए।

विपीन्द्राका श्रीमान् केशर सूर्यवंशी भन्छन्ः ‘शल्यक्रिया पछि श्रीमतीलाई निकै गाह्रो भयो। राती धैरै नै छटपटाहट भयो सो क्रममा अक्सिजनको नलि फुत्कियो। नर्सहरुले अक्सिजनको नलि जोडन सकेनन्। यहि कारण ज्यान गयो।’

प्रतिक्रिया दिनुहोस्