०३ कार्तिक २०७६, काठमाडौं
युवावस्थामा दुब्लो हुनु भनेको समान्य कुरा हो। मानिस दुब्लाउनुको मूख्य कारण भनेकै खानपान हो।
चिकित्सकहरुका अनुसार, खानामा पौष्टिक तत्वको कमी, अरुची, लामो समयसम्म नखाने अर्थात पेटभर नखाने, डाइटिङ्ग गर्ने जस्ता कारण दुब्लो बन्न सक्छ।
विशेषगरि इनर्जी बढी मात्रामा खर्च हुने र विभिन्न किसिमका रोगले गर्दा पनि मानिस दुब्लाउन थाल्छ। यद्यपि बढी मोटो हुनु पनि राम्रोे होइन, तर उमेर र उचाइअनुसार जिउ ठिक्क मोटो–घाटो भने हुनैपर्छ।
त्यस्तैगरि, हर्मोनल रोगहरु जस्तैः मधुमेह, थाइराइड, एडिसन डिजिज, श्वासप्रश्वासका बिरामी धेरै नै दुब्लाउन सक्छ। मुटु, हृदयाघात तथा डिप्रेशन बिरामी पनि दुब्लाउँदैं जान्छन्। इन्फेक्सन, क्षयरोग (टीवी), एचआइभीरएड्स, क्यान्सर जस्ता रोग पनि दुब्लोपनाका कारणहरु हुन्।
चिकित्सकहरुका अनुसार, क्यान्सरको मूख्य लक्षण नै मानिसको तौल घट्दै जानु हो। क्यान्सर लागेमा क्यान्सर सेलले हर्मोन निकाल्छ। यो हर्मोन तथा क्याटेक्सीनका कारण तौल घट्दै जान्छ।
थाइराइड हाइपो र हाइपर गरी दुई प्रकारका हुन्छन्। हाइपो थाइराइडका कारण बिरामी मोटाउँदै जान्छन् भने हाइपर थाइराइडमा दुब्लाउँदै जाने हुन्छन्। हाइपर थाइराइडमा हर्मोनका कारण बिरामी दुब्लाउदै जान्छन्। जसले मुटुको चाल तथा वेसल मेटावोलीक रेट बढाउने गर्दछ।
समयभन्दा पहिला नै बच्चा जन्मेको छ भने पनि दुब्लो हुन्छ। जुन बच्चाको वृद्धि विकास राम्रोसँग हुन सक्दैन। त्यस्ता बच्चामा पाचन शक्तिमा कमी हुन्छ भने जेनेटिक कारण पनि दुब्लो हुने हुन्छन्। बच्चाहरुलाई प्रशस्त मात्रामा पौष्टिक तत्वको कमी हुँदा दुब्लो हुने गर्दछन्।
त्यसकारण बच्चाको वृद्धि विकासका लागि खानामा विशेष ध्यान पुर्याउनुपर्दछ। यदि मानिस निरन्तर दुब्लाउँदै हुदैँ गएको छ या तौल घट्दै गएको छ भने एकपटक चिकित्सकसँग परामर्श लिनुपर्दछ।