१९ कार्तिक २०७६, काठमाडौं
सफा, दागरहित तथा चम्किलो अनुहार कसलाई मन पर्दैन होला? तर, आजको व्यस्तताले भरिएको जिन्दगीमा हामी आफ्नो छालामा पर्याप्त ध्यान दिन पाउँदैनौं। जसका कारण छाला मृत तथा रुखो देखिन थाल्छ।
तनाव, प्रदूषण तथा तनावको सोझो प्रभाव हाम्रा छालामा नै देख्न सकिन्छ। त्यसैले, हामीले हाम्रो छालाको चमकलाई बचाउन धेरै कुरामा ध्यान दिन आवश्यक हुन्छ।
महंगा सौन्दर्य प्रशाधनदेखि लिएर उपचारमा समेत धेरै खर्च गर्ने गर्छौं। यद्यपि, त्यसबाट पनि अपेक्षित फाइदा नपुग्न सक्छ।
यस्तो अवस्थामा यदि तपाईँले घरेलू उपायहरु अपनाउनु भयो भने तुरुन्त त्यसको प्रभाव तपाईँ देख्न सक्नुहुन्छ। र त्यसका लागि धेरै पैसा खर्च गरिराख्नु पनि पर्दैन।
आज हामी जुन बिषयलाई लिएर जानकारी दिदैछौं। उक्त टिप्स तपाईँहरुको लागिः
मह, बेसार र ओट्स
मह, बेसार र ओट्सलाई मिसाएर पेस्ट बनाएर अनुहारमा लगाउनुहोस्।
उक्त पेस्ट अनुहारमा सुकेपछि सफा पानीले राम्रोसँग धुनुहोस्।
जुन फेस प्याकले तपाईँको अनुहार केही समयमै चम्किलो मात्रै नभएर फ्रेस र स्वस्थ पनि देखिन्छ।
दूध तथा मह
घरमा नै बनाउन सकिने यो फेस मास्कले न केवल तपाईँको छालालाई रुखो बनाउँछ।
यसका साथै त्यसले अतिरिक्त चिल्लोपनालाई समेत हटाउँछ। जसका लागि तपाईँले दूध तथा महको फेस प्याक बनाउनुहोस्।
दूध र महलाई मिसाएर अनुहारमा लगाउनुहोस्। लगाएको दश मिनेटसम्म त्यसै छाड्नु छोड्नुहोस्। त्यसपछि सफा पानीले अनुहार राम्रोसँग धुनुहोस्।
गुलाव जल र मुल्तानी मिट्टी
तपाईँले मुल्तानी मिट्टीमा गुलाव जल मिसाएर पेस्ट बनाउनुहोस्। त्यसलाई करिव दश मिनेट सम्म अनुहारमा लगाएर सफा पानीले धुनुहोस्।
उक्त फेस प्याकले तपाईँको छालामा भएको अतिरिक्त तेल हट्छ। र तपाईँको छाला फ्रेस देखिन्छ।
कागती, मह र घीउ कुमारी
कागती, मह र घीउ कुमारी छालाको लागि निकै नै फाइदाजनक मानिन्छ। यी तीन चिजहरुलाई मिसाएर पेस्ट बनाउनुहोस्।
र आफ्नो अनुहारमा लगाउनु लगाउनुहोस्। यसले तपाईँको रुखो छालामा चमक ल्याउन सहयोग गर्दछ।
गोलभेंडा र मह
गोलभेंडाले छालालाई टाइट बनाउने र महले त्यसलाई चम्काउने कार्य गर्दछ। जब यी दुबै चिजलाई एकै ठाउँमा ल्याएर अनुहारमा लगाइन्छ।तब अनुहारलाई आकर्षक बनाउँछ।
एक चम्चा गोलभेंडाको रसमा एक चम्चा मह मिसाउनुहोस्। त्यसपछि उक्त पेस्ट अनुहारमा लगाउनुहोस्।
रातभरी त्यत्तिकै राखेर बिहान सफा पानीले धुनुहोस्। तपाईँ आफ्नो अनुहारमा आएको परिवर्तन देखेर आश्चर्य मान्नु हुनेछ।