आजको मौसम पूर्वानुमान: सातै प्रदेशमा मेघगर्जन सहित भारी वर्षाको सम्भावना



२६ असार २०७७, काठमाडौं

मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनी न्युन चापिय रेखा नेपालको तराई भूभाग नजिक रहेको जनाएको छ । महाशाखाले देशभर आंशिक देखि सामान्य बदली रही सबै प्रदेशका केहि स्थानहरूमा हल्का देखि मध्यम वर्षा भईरहेको जानकारी दिएको छ ।

महाशाखाले शुक्रबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । यसैगरी, महाशाखाले जारी गरेको पूर्वानुमानमा राति देशभर सामान्यदेखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जन, चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उल्लेख छ ।

यस्तै, प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र प्रदेश ५, सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशको एक/दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्