रिहा भएपछि रामकुमारी भन्छिन् : हामी जित्दै छौँ



राष्ट्रपतिलाई अपशब्द प्रयोग गरेको आरोपमा सोधपुछको लागि अपराध महाशाखाको नियन्त्रणमा पुगेकी रामकुमारी झाँक्री रिहा भए लगत्तै आफूले जित्दै गरेको र प्रतिगमन झुक्ने प्रक्रिया सुरु भएको प्रतिक्रिया दिएकी छन् ।

महानगरीय अपराध महाशाखाको टोलीले राज्य विरुद्धको कसुरमा अनुसन्धानका लागि भन्दै जरुरी पक्राउ पूर्जी थमाएर बिहीबार विहान उनलाई पक्राउ गरेको थियो । मीनभवनस्थित महाशाखाको कार्यालयमा झण्डै साढे ५ घण्टा राखेर साँझ उनलाई रिहा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्