काठमाडौं । आगामी ३० गते हुन गैरहेको स्थानीय तहको निर्वाचनमा काठमाण्डौं महानगरपालिका अन्तर्गत वडा नम्बर सातमा सूर्य ध्वजावहाक उमेद्वार कृष्णमणी भट्टराईको टिम अग्रस्थानमा रहेको छ । आफ्नो पेशा व्यवसायलाई भन्दा जनताको सेवामा सामाजिक र राजनैतिक क्षेत्रलाई प्राथमिकतामा राखी अहोरात्र खटेका कारण यस्तो अवस्था पैदा भएको हो ।
त्यसो त गठबन्धनका अन्य दलहरु पनि मैदानमा त छन्, तर ति दलहरु प्रतिश्पर्धीका रुपमा खडा हुन सकेका छैनन् । गत निर्वाचनमा वडा सदस्यमा पपुलर मतकासाथ निर्वाचित भएर जनताको सेवामा दिनरात झरीबादल नभनी समर्पित भएर लाग्ने मौका पाएका कारण उनको विजय यात्रा लगभग निश्चितप्राय देखिन्छ । यतिसम्म कि, वडाबासीले हाम्रो टोलमा समस्या भयो, तपाई कहाँ हुनुहुन्छ ? भनेको १५ देखि २० मिनेटभित्र सम्बन्धित स्थानमा पुग्ने र समस्या समाधान गर्ने गरेका कारण भट्टराई ‘एम्बुलेन्स जनप्रतिनिधि’का रुपमा समेत परिचित छन् । त्यतिमात्रै हैन, उनले सधैं भन्ने गरेको एउटै वाक्य छ, त्यो हो– ‘जनताको सेवा गर्दा भोक निद्रा बिर्सन्छु ।’ वास्तवमा यो शब्द उनले बोल्नकालागिमात्रै बोलेका हैनन्, व्यवहारमै उतार्दै आएका छन् ।
कामपा सातमा निर्वाचनको तयारी र विजय हुने आधारका विषयमा निर्वाचन परिचालन कमिटीका सह–संयोजक उत्तम अधिकारीसँग जिज्ञासा राख्दा अधिकारीले भने– यस वडामा निर्वाचनको गतिविधि तीव्ररुपमा भैरहेको र यस वडाका मतदाताको अपार माया र सद्भाव प्राप्त भएकोले सूर्य ध्वजावहाक कृष्णमणी भट्टराईको टिम नै विजयी हुने कुरामा कुनै शंका छैन ।