काठमाडौं । बूढानीलकण्ठ नगरपालिका वडा नं १० मा नेकपा एमालेका उम्मेदवारहरुको पक्षमा स्थानीयहरुको उल्लासमय सहभागिता देखिएको छ ।
घरदैलो कार्यक्रममा नगर प्रमूखका उम्मेद्वार मिठाराम अधिकारी, उपप्रमूख अनिता लामा, वडाध्यक्षका उम्मेद्वार नवराज भट्टराई, सदस्यहरु देवी रेग्मी, रिता दाहाल, चन्द्रमान श्रेष्ठ र दिलकुमारी विक सहित एमालेका नेता कार्यकर्ता, शुभेच्छुक तथा शुभचिन्तकहरुले नगर परिक्रमा गरेका थियो ।
बिहान ६ः३० बजे साततले पाथिभरा टोलबाट गाजावाजा सहित शुरु भएको घरदैलो कार्यक्रम शिवमन्दिर, मिलनचोक, कपन चौकी, ह्याण्डबल ग्राउण्ड, अकाशेधारा हुँदै बालुवाखानी सम्म पुगेर टुङ्गिएको थियो । नेकपा एमाले स्थायी कमिटी सदस्य डा. राजन भट्टराई, बागमती प्रदेस कमिटी सदस्य तथा निर्वाचन परिचालन कमिटीका संयोजक उद्धव खरेल सहितको र्यालीलाई स्थानीयहरुले न्यानो स्वागत गरेका थिए।
विगत ५ वर्षको कार्यकालमा गरेका कामहरुको विवरण सहित जनताको माझमा पुनः मतको अपेक्षा सहित घरदैलोमा पुगेका नवराज भट्टराईको साथमा निर्वाचन परिचालन कमिटीका सह संयोजक लक्ष्मी संग्रौला, जिल्ला कमिटी सदस्य विदुर विक्रम खड्का , जिल्ला कमिटी सदस्य राजन पोखरेल ,मधु अधिकारी ,सुशिला सिलवाल ,निवर्तमान नगर उपप्रमुख रमा देवी राई सहित नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो।
पाँच वर्षे कार्यकालमा कुनै पनि विवादमा नपरेका, कोरोना महामारीका समयमा स्थानीय पुर्याएको सेवा, कपन बाढीपिडितका सन्दर्भमा ठोस योजना सहित कार्य सुचारु राखेका युवा नेता भट्टराई पुनः अध्यक्षका बलिया प्रत्यासी हुन् ।
यो पनि पढनुहोस्