बूढानीलकण्ठ नगरपालिका प्रमुख मिठाराम अधिकारीद्वारा वडा नं ०१ को प्रशासनिक भवन शिलान्यास



एक विशेष समारोह बीच बूढानीलकण्ठ नगरपालिका प्रमुख मिठाराम अधिकारीद्वारा वडा नं ०१ को प्रशासनिक भवन शिलान्यास गरेका छन्।

बूढानीलकण्ठ-१ को कार्यालय अहिलेपनि भाडाको घरमा सञ्चालन हुदैँ आएको छ। वडा कार्यालय भवन निर्माणको लागि बूढानीलकण्ठ नगरपालिका र जिल्ला समन्वय समितिले बराबरी लगानी गर्नेछन्।

वडाध्यक्ष सुरेन्द्र लामाका अनुसार निर्माण हुने ३ तल्ले वडा कार्यालय भवन तौलुङ स्थित डुकुर्नी सामुदायिक वन जाने बाटोमा पर्छ। भवन निर्माणको लागि गत बैशाख १९ गते नव सृजनशील कन्ट्रक्सन कम्पनीसँग १ करोड ५८ लाख ७९ हजार ५६ रुपैयाँ मा सम्झौता भएको छ। वडाध्यक्ष लामाका अनुसार निर्माण कम्पनीले १८ महिना भित्र कार्य सम्पन्न गर्ने सम्झौता भएको छ।

एक साता अघि मात्र वडा नं ०४ को पनि प्रशासनिक भवन शिलान्यास गरेका नगरप्रमुख अधिकारीले अबको केहि वर्षमै सबै वडा कार्यालयहरु आफ्नै भवनबाट सञ्चालन गरिने जानकारी दिएका छन्।

शिलान्यास कार्यक्रममा नगरप्रमुख सहित उप-प्रमुख अनिता लामा, प्रशासकिय अधिकृत भुवनेश्वर लामिछाने, वडा नं ०१ अध्यक्ष सुरेन्द्र लामा, सबै वडासदस्यहरु, अन्य वडाका अध्यक्षहरु, नगर प्रहरी, समाजसेवी र स्थानीयको बाक्लो उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्