सुनिता शर्माको गीतमा अञ्जली अधिकारी र ओवी रायमाझीको अभिनय (भिडियो सहित)



काठमाडौं । गायिका सुनिता शर्माले आफ्नो नयाँ गीत ‘बस बस पियारी’ बजारमा ल्याएकी छन् । गुल्मी जिल्लामा जन्मिएर काठमाण्डौंलाई कर्मथलो बनाउँदै आएकी सुनिताको हाल सम्म १२ वटा गीतहरु बजारमा आएका छन् । जुनेली रातैमा बोलको गीतबाट आफ्नो सांगीतिक यात्रा सुरु गरेकी सुनिताको पछिल्लो गीत ‘बस बस पियारी’ लाई दर्शक स्रोताले मन पराउने उनको विश्वास छ । गीतमा बद्रि सापकोटाले उनलाई स्वरमा सहयोग गरेका छन् भने गीतको लय कृष्ण लामिछाने र लय पनि उनै बद्रि सापकोटाको रहेको छ । गीतको म्युजिक भिडियोमा अंजली अधिकारी र ओवी रायमाझीले अभिनय गरेका छन् भने निर्देशन जेरी भण्डारीले गरेका हुन् ।

सन्तानको महिली छोरीको रुपमा रहेकी सुनिताको परिवार सबैले गीत गुनगुनाउँछन् । सबै परिवार लोक पारखी भए पनि संगीतिक क्षेत्रमा लाग्ने उनी मात्र हुन् । अरुले गुल्मीमै गाउँघरमा हुने कार्यक्रम तथा मेलापाखामा भने गीत गाउँछन् । उनी गीत संगीतमा लागेको धेरै भएको छैन । ६/७ बर्षको अबधीमा यो क्षेत्रमा चिन्ने र बुझ्ने प्रयास भएको उनी भन्छिन्–गीत संगीतमा सिक्न धेरै छ’ । यो क्षेत्रमा लाग्न प्रेरणा दिने परिवारजन, अग्रज कलाकार , साथीसंगी र शुभचिन्तकहरुलाई बिशेष धयवाद दिदै आउदा दिनमा पनि सहयोग र सल्लाह सुझाबको अपेक्षा सुनिताले गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्