तेक्वान्दो पदक विजेतालाई श्री समाजको सम्मान



सातौं एसिया कप अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिताका पदक विजेता खेलाडीलाई श्री समाज टोखाले सम्मान गरेको छ ।

टोखा नगरपालिका वडा ५ मा बस्ने पदक विजेता खेलाडीलाई श्री समाजले सम्मान गरेको हो । गत असार ८ गते भएको प्रतियोगितामा टोखा वडा ५ मा बस्ने रन्जितबहादुर डगौराले स्वर्ण, रघुनाथ भण्डारीले रजत र आभास देवले कांस्य जितेका थिए । टिम व्यवस्थापक सरिता थापा पनि सम्मानित भइन् ।

टोखा नगरपालिका वडा ५ का अध्यक्ष मदन गुरुङ र श्री समाजका अध्यक्ष श्रीकृष्ण प्याकुरेलले पदक विजेतासहित टिम व्यवस्थापकलाई एक कार्यक्रमबीच सम्मान गरे ।

स्वर्ण विजेता डगौराले खेलाडीको सफलताको कदर गर्दै सम्मान गरेकोमा श्री समाजलाई धन्यवाद दिदै आगामी दिनमा पनि खेलकुदको माध्यमबाट राष्ट्रलाई योगदान दिन हरदम प्रयासरत रहने बताए ।

प्रतिक्रिया दिनुहोस्