केदारेश्वरलाई स्वर्ण



काठमाडौं । केदारेश्वरमान स्थापितले ११ औं विश्व स्ट्रेन्थ लिफ्टिङ तथा इन्क्लाइन बेन्च प्रेस च्याम्पियनसिपमा स्वर्ण जितेका छन् ।

काजाकिस्तानको ओस्केमेनमा जुलाइ १५ देखि १९ तारिखसम्म भएको उक्त प्रतियोगिताको इन्क्लाइन बेन्च प्रेसको मास्टर्स २ क्याटगोरीको ५० वर्षमाथि पुरुष ७२ देखि ७६ केजी तौलसमूहमा स्वर्ण जितेका हुन् ।

उनले कुल १ सय ९५ केजी भार वहन गरे । केदारेश्वरका अनुसार उनको स्पर्धामा विभिन्न ९ राष्ट्रका त्यत्तिनै खेलाडी सहभागी थिए । किर्गिस्तानका खेलाडी दोश्रो तथा चीनका खेलाडी तेश्रो भए ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले उनलाई सफलताका लागि आइतबार बधाइ दिए । उनले २०२२ को नवौं तथा २०२३ को १० औं गरी दुवै संस्करणमा रजत जितेका थिए ।

प्रतिक्रिया दिनुहोस्