खेलकुद परिषद् ६१ वर्षमा प्रवेश



काठमाण्डौ । राष्ट्रिय खेलकुद परिषद्को ६१औं वार्षिक उत्सव मनाईएको छ । परिषद्का सदस्य सचिव टंकलाल घिसिङले दीप प्रज्वलन गर्नु हुदै खेलकुदलाई नयाँ उचाईमा पु¥याउनु पर्ने चुनौती रहेको बताए ।

सबै खेलकुद कर्मीहरुलाई शुभकामना दिनु हुदै सदस्य सचिव घिसिङले बार्षिक उत्सवको मूल समारोह केही दिन पछि हुने जानकारी दिए ।

पहिलो पटक खेलकुद ऐन जारी भएको दिन भदौं १३ गते परिषद्ले आफ्नो स्थापना दिवस मनाउदै आएको छ । मुल समारोह कार्यक्रममा खेलाडी, प्रशिक्षक, कर्मचारी तथा खेल संघ र सहयोगी सस्थाहरुलाई सम्मान गर्दै आएको छ ।

२०२१ भदौं १३ गते पहिलो खेलकुद ऐन जारी भएको थियो । २०१५ सालमा स्थापना भए पनि छुट्टै ऐन जारी भएको दिनलाई परिषद्ले स्थापना मान्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्