अशोक अस्ट्रेलिया जाने



तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का मंगलबार अस्ट्रेलियाको ब्रिस्वेन जाने भएका छन् । विश्व ¥याङकिङ जि– २ को ३ प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न अशोक अस्ट्रेलिया जान लागेका हुन् ।

उनले सेप्टेम्बर १९ देखि २२ तारिखका दौरान ब्रिस्वेनमै हुने अस्ट्रेलियन ओपन, ओसिएनिया ओपन र डब्लुटी प्रेसिडेन्ट कप (पारा तेक्वान्दो) मा निर्णायकको भूमिका निर्वाह गर्ने छन् । उनी तीनै प्रतियोगिताको ग्योरोगी विधामा निर्णायक रहने छन् ।

यसै प्रतियोगिताको गत संस्करणमा पनि अशोक निर्णायक रहेका थिए । अशोक ग्योरोगी, पुम्से र पारा तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक हुन् । अशोक सेप्टेम्बर २७ तारिखमा स्वदेश फर्कने छन् ।

प्रतिक्रिया दिनुहोस्