एरिका गुरुङ एसियन च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी



काठमाडौं । करातेकी युवा खेलाडी एरिका गुरुङ एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी बनेकी छिन् ।

उनले चीनको गोन्जाओमा जारी २० औं एसिएन कराते च्याम्पियनसिपमा ६८ केजी तौल समूहमा थाइल्यान्डकी खेलाडीलाई ८—० अङ्कले हराउँदै ऐतिहासिक फाइनलमा पुगेकी हुन् ।

एरिकाले गतवर्ष १९ औं एसियाली खेलकुदमा रजत पदक जितेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्