माचुसिमा क्योकुसिन करातेमा गजुरेल



नेपाल माचुसिमा क्योकुसिन कराते संघको तेश्रो साधारण सभा तथा निर्वाचनले सुमन गजुरेलको अध्यक्षतामा ११ सदस्यीय केन्द्रीय कार्यसमिति शनिबार निर्विरोध चयन गरेको छ ।

नगरकोटमा भएको साधारण सभाले पुस्कर केसी, रामराज थापा र सुवास सुवेदीलाई उपाध्यक्ष, रघु केसीलाई महासचिव, सन्तोष बुढाथोकीलाई सचिव तथा मोहनकुमार तामाङलाई कोषाध्यक्षको जिम्मेवारी दिएको छ । नारायण मोक्तान, ईश्वर श्रेष्ठ, सन्जिव पुरी र टिकाराम पाण्डे सदस्यमा चयन भए ।

प्रतिक्रिया दिनुहोस्