एनवाईइएफ अन्तर बैंक फुटसलको उपाधि एनआइसी एसियालाई



विराटनगर । एनवाइइएफ विराटनगर च्याप्टरले आयोजना गरेको अन्तर बैंक फुटसल प्रतियोगिताको उपाधि एनआइसी एसियाले जितेको छ । विराटनगरको जाम्बोरी नेक्सर लाउन्ज (जेएनएल) मा आयोजना भएको फुटसलको फाइनलमा एनआइसी एसियाले एनएमबी बैंकलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । उपाधि विजेता एनआईसी एसिया बैंकले नगद ५० हजार जितेको छ ।

यसैगरी उपविजेता एनएमबीले २५ हजार प्राप्त गर्न सफल भयो । प्रतियोगितामा उपाधि दिलाउन नसके पनि एनएमबी बैंकका मिनराज रेग्मी सर्वाधिक गोलस्कोरर बने । यसैगरी उत्कृष्ट गोलकिपरको उपाधि भने एनआइसी एसिया बैंकका सविन श्रेष्ठले जिते ।  उत्कृष्ट दुवै खेलाडीले जनही ५ हजार रुपैयाँ नगद पुरस्कार पाएका छन् । प्रतियोगितामा १५ वैंकको सहभागिता रहेको थियो ।

एनवाइईएफ विराटनगर च्याप्टर युवा व्यवसायीहरूको समूह हो । जसले विराटनगर र वरपरको क्षेत्रको आर्थिक तथा सामाजिक क्षेत्रमा काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्