भ्याली स्लाम टेनिसमा इलमको विजयी सुरुआत



इलम दीक्षितले बीवाइडी प्रथम भ्याली स्लाम टेनिस प्रतियोगिताको ३५ वर्षमाथि पुरुष सिंगल्स सोमबार विजयी सुरुआत गरेका छन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा मनोज महर्जन विरुद्धको खेलमा इलमले पहिलो सेट ६–० ले सहजै जितेका थिए । दोश्रो सेटमा इलम ४–० ले अगाडि रहेको स्थितिमा मनोज रिटायर्ड हर्ट भएपछि इमल विजयी घोषित भएका थिए ।

सोही स्पर्धाको अन्य खेलमा निरव तुलाधरले ओम प्रजापतिलाई ६–१ र ६–१, अमर श्रेष्ठले केल्साङ तेन्जिङ शेर्पालाई ६–० र ६–१, कुशलराज पाण्डेले सुन्निभ राजभण्डारीलाई ६–४ र ६–४, विशेष अमात्यले मेथ्यु बोसार्डलाई ६–१ र ६–३, अन्जन बानियाँले सौरव बाहेटीलाई ६–० र ६–०, छोमविक्रम शाहले सविन श्रेष्ठलाई ६–४ र ६–३, सोवित गौचनले शिखर भट्टराईलाई ६–० र ६–१ तथा मनोजकुमार श्रेष्ठले सुविर श्रेष्ठलाई ६–४ र ६–१ को सोझो सेटमा पराजित गरे ।

पुरुष सिंगल्समा प्रणव वैद्यले सुविर श्रेष्ठलाई ६–२ र ६–१, मुकिम थापाले पासाङ शेर्पालाई ६–२ र ६–०, निजेज महर्जनले श्रीयोग अधिकारीलाई ६–० र ६–०, वृजेश अर्यालले सविन श्रेष्ठलाई ६–० र ६–०, देवाशिष रेउलेले कस्तुप पाण्डेलाई ६–० र ६–३, बोरिस अधिकारीले विपुल अधिकारीलाई ६–१ र ६–० तथा मिलन रोकायाले निश्चल कायश्थलाई ६–० र ६–१ ले हराए ।

निहालजंगबहादुर थापाले प्रशान्त पन्त तथा राजवीर प्रधानले विवेक श्रेष्ठबाट वाकओभर पाए । नेपाल टेनिस संघ र ढोकइमा क्याफेको सहयोगमा भइरहेको प्रतियोगिताको ३५ वर्षमाथि पुरुष डबल्समा सुनिभ राजभण्डारी र अमर गुरुङ (वाकओभर), सन्तोष खत्री र सुवास बस्नेत तथा सिमान्त गुरुङ र भीष्मजंग गुरुङको जोडी विजयी भए । ५५ वर्षमाथि पुरुष सिंगल्समा डेओनम लामा, राम राणा, कमल थापा र उत्तम बोगटीले सफलता पाए ।

६५ वर्षमाथि पुरुष डबल्समा पेमा टासी र कर्मा घलेको जोडीले जित हात पारे । ५५ वर्षमाथि पुरुष डबल्समा सुरज श्रेष्ठ र अमृतरत्न कंशाकारको जोडीले पहिलो चरण पार गरे ।

प्रतियोगिताको आयोजक हिमाल मिडियाका संस्थापक्य कुन्दमणि दीक्षितले प्रतियोगिता पर्यवेक्षक कृष्णराज घलेलाई एक कार्यक्रमबीच बल हस्तान्तरण गरी उद्घाटन गरे ।

प्रतियोगितामा पुरुष/महिला सिंगल्स, पुरुष डबल्स र भेट्रानको विभिन्न उमेरसमूहमा गरी जम्मा ११ स्पर्धा समावेश छन् । कुल ५ लाख ७६ हजार पुरस्कार राशी रहेको प्रतियोगितामा सबै स्पर्धाका पदक विजेताले नगद पुरस्कार पाउने छन् । शनिबार सम्पन्न हुने प्रतियोगितामा १ सय ३९ खेलाडी सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्