टेबलटेनिस लिगको सेमिफाइनल समीकरण पूरा



स्ट्याग ग्लोबल च्याम्पियन्स टेबलटेनिस लिग– सिजन २ को सेमिफाइनल समीकरण बिहीबार पूरा भएको छ । बिहीबार राउन्ड रोविन लिगको सम्पूर्ण खेल सकिएसंगै सेमिफाइनल पुग्ने चार टोलीको टुंगो लाग्यो ।

सेमिफाइलनमा साविक उपविजेता नेपाल प्रहरी क्लबले अर्को विभागीय टोली नेपाल एपीएफ क्लब विरुद्ध खेल्ने छ । अर्को सेमिफाइनलमा नव प्रवेश टोली यल टेबलटेनिस एकेडेमी र आयोजक स्ट्याग चयाम्पियन्स टेबलटेनिस एकेडेमीबीच हुनेछ ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा लिगको अन्तिम दिन प्रहरी ६९ अंक, यल ६६ अंक, स्ट्याग ६५ अंक र एपीएफ ३६ अंक जोड्दै शीर्ष चार स्थानमा रहे । ७ टिम सहभागी प्रतियोगितामा होप्स टेबलटेनिस एकेडेमी ३५ अंकसाथ पाँचौं, रेड टाइल्स २८ अंकसाथ छैटौं र ज्ञानभैरव डिल्लीबजार टेबलटेनिस क्लब १२ अंकसाथ सातौं स्थानमा रहँदै यात्रा टुंगाए । सेमिफाइनल शुक्रबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्