गायिका गीता पाण्डेको ‘आयो है दशैं आयो’ गीत सार्वजनिक (भिडियोसहित)



काठमाडौं । दशैको माहोल नजिकिँदै गर्दा  ‘आयो है दशैं आयो ’ बोलको नयाँ गीत सार्वजनिक भएको छ  ।गायक प्रभात सुवेदी तथा गायिका गीता पाण्डेको ‘आयो है दशैं आयो ’ दशैंको नँया गीत सार्वजनिक गरेका छन् ।

उक्त गीतको शब्द सुरेश पण्डितको रहेको छ। संगीत / संगीत संयोजन राजेन्द्र बजगाइले गरेका छन् । गीतमा सुवेदी तथा गायिका गीता पाण्डेको आवाज रहेको छ।

नेपालीहरुले दशैं मनाउने शैली, परम्परा लगायतका रमाइलोसँगसँगै आर्थिक, सामाजिक र पारिवारिक विषयलाई समेटिएको छ । म्युजिक किचन रेकडिङ्ग स्टुडियोमा तयार पारिएको उक्त गीतको मिक्सिङ तथा मास्टरिङ्ग भने मनोज परियारले गरेका हुन् ।

 गीतको भिडियो एपीयस नेपाल युट्युवच्यानलमा लिरीकल संगीत बजारमा आएको छ ।

प्रतिक्रिया दिनुहोस्