काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको विषयमा संसदीय समितिमा छलफल हुने भएको छ ।
प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले प्रधानमन्त्री ओलीको चीन भ्रमणको विषयमा छलफल गर्न आइतबार बिहान ११ बजे बैठक बोलाएको संसद् सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार संसदीय समितिको बैडक सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्नेछ । चिनियाँ राष्ट्रपति सी जिङपिङको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली आगामी मंसिर १७ (२, डिसेम्बर) गते चीनको राजधानी बेइजिङ जान लागेका हुन् ।
चीन भ्रमणको क्रममा प्रधानमन्त्री ओलीले बीआरआई, नेपाल-चीनबीच भएका यस अगाडिका सम्झौता र कार्यान्वयन र चलिरहेका परियोजना, दुई देशबीचको सम्बन्ध लगायतका विषयमा पनि छलफल हुने बताइएको छ ।