परिवर्तन खबरको राहत वितरण सम्पन्न



परिवर्तन खबर, काठमाडौं ।

सकारात्मकता र विकासका लागि परिवर्तन खबर डट कमको सुरुवात तराईमा विपतमा परेका नागरिकहरुलाई राहत वितरण गरेर सुरु भएको छ । हाम्रो अनलाइनले आफ्नै कोषबाट रु. १,००,०००।–( रु एक लाख) को छुट्टै परिवर्तन खबर राहत कोष, प्रभु बैंक कपन शाखा खाता नं. १३१००१००९२१६६७०००००२० स्थापना गरी सहयोगको थालनी गरेको थियो । अभियानको थालनी काठमाण्डौबाट जाने टोलीलाई बिदाईको अबसरमा काठमाण्डौ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ध्रुबराज न्यौपाने, बुढानिलकण्ठ नगरपालिका वार्ड १० का वडा अध्यक्ष नवराज भट्टराई, ११ का अध्यक्ष राजु अधिकारी र १२ का अध्यक्ष शम्भु भट्टराईबाट संयुक्त रुपमा रु १५,०००/- सहित शुभकामना दिएर बिदाई गरिएको थियो । साथै सोरोप्टिमिष्ट काठमाणडौकी अध्यक्ष उमा घिमिरेले पनि शुभकामना मन्तब्य राख्नु भएको थियो ।

मुनाफा वितरण नगर्ने कम्पनीको रुपमा स्थापना भएको हाम्रो मिडिया कम्पनीले अन्य सामाजिक संघसंस्थाको सहयोगमा राहत वितरण थालनी गरेको थियो । महिला अधिकारको क्षेत्रमा क्रियाशिल व्यवसायिक तथा पेशागत महिलाहरुद्वारा स्वयंसेवी रुपमा स्थापना गरिएको सोरोप्टीमिष्ट इन्टरनेशनल अन्तर्गतको सोरोप्टीमिष्ट काठमाडौं नेपालले रु ५,००,०००।– (रु. पाँच लाख), ग्रामीण महिला र बालिकाहरुको क्षेत्रमा क्रियाशिल ग्रामीण महिला सञ्जाल नेपाल (रुओन नेपाल) ले रु.१,००,०००।– (रु. एक लाख), प्रवासी नेपाली मञ्च अमेरिकाले रु १,००,०००।– (रु. एक लाख) र रोटरी क्लब अफ बिराटनगरको स्थानीय संयोजन तथा स्थानीय मिडिया साझेदारको रुपमा रेडियो पूर्वाञ्चल र मकालु टेलिभिजनद्वारा हाम्रो पहिलो राहत अभियानलाई आर्थिक, नैतिक र भौतिक सहयोग भई सम्पन्न भएको थियो ।

हामीले वितरण गरेको राहतले रङ्गेली नगरपालिका वडा नंं १ का ४०० घरपरिवार, जाहदा गाउपालिका वडा नं. १ र २ का १०० घरपरिवार र विराटनगर महानगरपालिका वडा नं ८ का ६६ घरपरिवार गरी जम्मा ५६६ परिवारलाई सहयोग गरिएको थियो । राहात सामाग्रीमा लामखुट्टेबाट बच्न झुल, त्रिपाल, महिलाहरुलाई साडी, नुहाउने र लुगा धुने साबुन अनि भर्खर जन्मेका नानीहरुलाई सर्वोत्तम पिठो वितरण गरिएको थियो । वितरणको लागि सोरोप्टीमिष्ट काठमाडौं नेपालकी निवर्तमान अध्यक्ष राधा नेपाल, परियोजना संयोजक कविता थपलिया, रुओन नेपालकी अध्यक्ष गोमादेवी बास्तोला, बालअधिकारकर्मी राजाराम बस्नेत र याङजी शेर्पा सहभागी हुनुभएको थियो । सम्पूर्ण सामानहरु विराटनगरमा खरीद गरिएको थियो । यसको लागि रोटरी क्लब अफ विराटनगरका अध्यक्ष कमल अग्रवालले निकै सहयोग गर्नु भएको थियो भने अन्य रोटरीयनहरुले पनि प्रशंसा योग्य सहयोग गर्नु भएको थियो । हाम्रो अभियानमा स्थानीय मिडिया साझेदार मकालु टेलिभिजन र रेडियो पूर्वाञ्चलले कार्यक्रमको बारेमा प्रचार गरी अभियानलाई सहयोग पुर्याएका थिए ।

परिवर्तन खबर राहत कोषको दोश्रो अभियान चितवनको राप्ती नगरपालिका वडा नं. ६ का ९६ चेपाङ तथा दलित घरपरिवार, रौतहट जिल्लाको यमुनामाई गाउँपालिकाका ३७० घरपरिवारलाई १ थान ठूलो साइजको टेन्ट, १ थान झुल, पानी शुद्ध बनाउने चक्कीहरु १ महिनाको लागि,  १ बोरा चामल, २ किलो दाल, १ लिटर तेल, २ वटा नुहाउने साबुन, १ प्याकेट सर्फ र स्कूल जाने उमेरका सबै बच्चाहरुलाई झोला र स्टेशनरी सामान सहयोग गर्न लागिएको छ । यसको लागि पनि प्रवासी नेपाली मञ्च अमेरिका, सोरोप्टीमिष्ट काठमाडौं नेपाल र रुओन नेपालले सहकार्य गर्ने भएका छन् । हामीलाई महोत्तरी र बाराबाट पनि सहयोगको लागि अनुरोध गरिएको छ । त्यसैले हामीलाई अझै धेरै सहयोगी मनहरुको आवश्यकता परेको हुँदा इच्छुक व्यक्ति तथा संघसंस्थाहरुलाई सहयोगको लागि हार्दिक अपिल गर्दछौं ।

प्रतिक्रिया दिनुहोस्