दोस्रो राहत अभियान शुरु



परिवर्तन खबर, काठमाडौँ

परिवर्तन खबरले संयोजन गरेको दोश्रो राहत वितरणको लागि १३ सदस्यीय टोलि काठमाडौँबाट तराई प्रस्थान गरेको छ । राहत सामग्री किन्नको लागि सोरोप्टिमिष्ट काठमाडौं, रुओन नेपाल, प्रवासी नेपाली मञ्च अमेरिकाले आर्थिक सहयोग गरेको छ भने प्रभु बैंक लिमिटेड, मानव अधिकार एलाईन्स र रोटरी क्लब अफ पशुपतिले विशेष सहयोग गरेको छ ।

राहत वितरण टोलिमा सोरोप्टिमिष्ट काठमाडौंबाट निवर्तमान अध्यक्ष राधा नेपाल, सदस्य गितादेवी तिमल्सिना, रुओन नेपालबाट अध्यक्ष गोमादेवी बास्तोला, बाल अधिकारकर्मी आस्था घिमिरे र परिवर्तन खबर परिवारको तर्फबाट जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ध्रुबराज न्यौपाने, महिला अधिकारकर्मी देवी रेग्मी र समाजसेवीहरु रामप्रसाद चौलागाई (साल्दाई), ध्रुब नेपाल, डेन्डी शेर्पा, सिता पाठक चौलागाई, देवराज लामा, राजेन्द्र अधिकारी सहभागी हुनुभएको छ ।

करिब ३ बजे बु. न. पा. ११ कपनबाट प्रस्थान गरेको टोलि आज बेलुका चितवन पुगेर बस्ने छ भने भोलि ११ गते बिहानबाट चितवनको राप्ती नगरपालिकाको वार्ड-६ को चेपाङ्ग, मुसहर र दलित बस्तीका अति प्रभावित ९६ घरपरिवार, १२ गते पर्सा जिल्लाका ६० घर परिवार, १३ गते सर्लाहीको १०३ घर परिवार, १४ गते बिहान रौतहटको ३७० घर परिवारलाई राहत सामग्री वितरण गर्ने छ ।

राहत सामग्रीमा प्रति परिवारलाई सोना मन्सुली चामल २० केजी, दाल २ केजी, तेल १ लिटर, नुन १ पोका, नुहाउने साबुन २ ओटा, सरफ १ केजी , २ मिटर म्याट, १२ X १२ को त्रिपाल १ थान, ४ जना सुत्न मिल्ने ठूलो झुल १ थान, ६ जनाको परिवारलाई १ महिना सम्म पुग्ने पानी सुद्द पार्ने चक्की र २००० जनाले प्रयोग गर्न मिल्ने सेकेन्ड हेन्ड लुगा धोएर प्लास्टिकमा प्याक गरेर एउटा परिवारलाई प्रदान गरिने छ । टोलि पाँचदिन पछी काठमाडौँ फर्कने छ ।

परिवर्तन खबरले संयोजन गर्ने तेस्रो राहत अभियानमा २५०० जना स्कूल जाने बालबालिकाहरुलाई विधालय पोसाक, झोला, जुत्ता र  १ वर्षको लागि स्टेशनरी समान वितरण गर्ने योजना छ । हाम्रो अभियानमा सहकार्यको लागि ईच्छुक सबैमा हार्दिक अनुरोध समेत गर्दछौ ।

प्रतिक्रिया दिनुहोस्