दान गर्न एमाले भन्दा प्रवासी मन्च अगाडि !



परिवर्तन खबर, काठमाडौँ

४ दिन देखि नेपालका चर्चित वाचक दिनबन्धु पोखरेल अहिले अमेरिकाको न्युयोर्कमा  रिजउड नेपाली समाजले आयोजना गरेको महापुराणमा भागवत प्रवचन गर्दै छन् । सात वर्ष अघि  सन् २०१० को अगस्ट ९ देखि १५ तारिख सम्म समाजद्वारा आयोजना गरिएको पुराणबाट समाजले करिव रु. ५ करोड पच्चिस लाख संकलन गरी नेपाली सामुदायिक भवन र दुर्गा मन्दिर निर्माणको लागि न्युयोर्कमा पाँचहजार वर्गफिट वर्गफिट जग्गा किनेको थियो । अहिलेको पुराणबाट संकलित रकमबाट सोहि जग्गामा नेपाली सामुदायीक भवन र दुर्गा मन्दिर बनाउने तयारी समाजले गरेको छ । यसको लागि समाजले दश करोड नेपाली रुपैया उठाउने योजना बनाएको छ ।

अहिले सम्म भएको प्रवचनबाट करिब ५ करोड रुपैया संकलन भैसकेको छ । भवन निर्माण को लागि १२ देखि १८ घण्टा सम्म खटेर कमाएको पैसा नेपालीहरुले दिल खोलेर दान गरिहेका छन् । दान गर्ने अभियानमा व्यक्तिगत र संस्थागत होडबाजी चलिरहेको छ । नेपाली समय अनुसार गए राती भएको प्रवचनमा प्रवासी नेपाली मन्च अमेरिकाले अहिले सम्मकै ठूलो दान गरेर महादानको रेकर्ड कायम गरेको छ । नेकपा एमालेले तराईमा भएको बाढी प्रभावितहरुलाई रु. १ करोड प्रधानमन्त्री कोषमा जम्मा गरेको हप्ता दिन कट्न नपाउदै पार्टी नजिक रहेको सस्थाले रु. १ करोड ३५ हजार एक सय १० रुपैया दान गरेर सिंगो पार्टीलाई गौरवान्दित बनाएको छ ।

यस सम्बन्धमा हामीले एमाले प्रवास विभागका सह-इन्चार्ज युवराज कार्की संग कुरा गर्दा पार्टी निकट  करिव २० देशमा संगठन रहेको र राजनीतिक परिवर्तनको लागि अखिल भारत प्रवासी नेपाली संघ हुदै अहिले बनेको प्रवासी नेपाली संघ भारतले महत्वपूर्ण भूमिका निर्वाह गरेको भएपनि आर्थिक रुपमा प्रवासी नेपाली मन्च अमेरिकाले विगत देखि नै राम्रो सहयोग गरेको जानकारी दिनु भयो । चुनावहरु वा आपतकालीन अबस्थामा हामीलाई गरेका सहयोगहरु भन्दा यो दान सिंगो नेपाली समुदाय र पार्टीको लागि कालान्तार सम्म जीवन्त रहने भएकोले गौरवान्वित र प्रसंशनीय भएको बताउनु भयो ।

महापुराणमा  सहभागीहरु
यस बिषयमा हामीले प्रवासी नेपाली मन्चका सस्थापक अध्यक्ष सन्जय थापासँग कुरा गर्दा सामुदायिक भवन र दुर्गा मन्दिर नेपालीको गौरव र अस्थित्व सँग जोडिएको हुनाले साथीहरुको सामुहिक प्रयासमा दान गर्न सम्भव भएको बताउनु भयो ।  थापा सँग यो दान एनआरएन अमेरिकाको चुनाव सँग पनि जोडिएको छ कि भन्ने हाम्रो प्रश्नमा ” यो दान नितान्त नेपाली समुदाय, नेपाली गौरव र पहिचानको लागि भएको बताउनु भयो ।”

प्रतिक्रिया दिनुहोस्