एनआरएन अमेरिकाका विजेताहरु



परिवर्तन खबर, काठमाडौँ

काठमाडौँ : एनआरएन अमेरिकाको आगामी नेतृत्वका लागि गत शनिबार र आइतबार सम्पन्न निर्वाचनको नतिजा हामीलाई प्राप्त भएको छ । प्राप्त जानकारी अनुसार  डा. केशव  पौडेल अध्यक्षमा विजयी भएका छन्।

डा. पौडेलले ४२२९ मत प्राप्त गरेका छन् भने उनका निकटम प्रतिद्वन्दी रबिना थापाले ३०८५ ल्याएकी छिन्।  बरिष्ट  उपाध्यक्षमा टेक्सासका सुनिल शाह विजय भएका छन् । यसैगरी महासचिवमा  बीआर लामा, सचिवमा होमनाथ गौतम, कोषाध्यक्षमा डा. प्रकाश अर्याल, क्षेत्रीय उपाध्यक्षहरुमा राधा पौडेल, रामकुमार सुबेदी, जेदु पोख्रेल, उमा कार्की थापा, महिला संयोजकमा इन्दिरा त्रिपाठी भएका छन् ।

कार्य समिति सदस्यहरूमा सञ्जय थापा, प्रीति सगर खत्री, डा. अर्जुन बन्जाडे, कृष्ण लामिछाने, तृष्णा शर्मा, दिव्या केसी ओली, गोपेंद्र राज भट्टराई, बिन्दु सापकोटा निरौला, अमृत कट्टेल, आङ शेर्पा र विष्णु बहादुर शाहले विजय प्राप्त गरेका छन्।

एनआरएनको अन्तर्राष्ट्रिय समन्वय समितिमा गोमा सेन, धर्म भट्टराई, बिश्नुमान प्रधान, प्रकाश सापकोटा, बन्दना कोइराला, बेदराज बस्नेत, डिल्लीराम भट्टराई र बलराम थापाले विजय प्राप्त गरेका छन्।

एनआरएन अमेरिकाको सदस्यमा निर्वाचित एक सदस्यबाट हामीले यो जानकारी पाएका हौ ।

प्रतिक्रिया दिनुहोस्