न्युओर्क महापुराणबारे नेपाली समाजद्वारा पत्रकार सम्मेलन



परिवर्तन खबर, काठमाडौँ

काठमाडौँ : रिजउड नेपाली समाजले भर्खरै आयोजना गरेको श्रीमद् भागवत महापुराणका बारेमा सेतोपाटिमा आधारहिन, कपोलकल्पित समाचार छापिए पछि रिजउड नेपाली समाज, न्यूयोर्कले खेद प्रकट गरेको छ । नेपाली सांस्कृतिक केन्द्र र दुर्गा मन्दिर निर्माण गर्ने पवित्र उद्देश्यले नेपाल देखि अमेरिका पुगेका चर्चित वाचक दिनबन्धु पोखरेलले ६० लाख लगेको बाँकी नगद  पत्रकारलाई बाँडेको भन्ने गलत समाचार प्रति अमेरिकी प्रवासी नेपाली समुदाय आक्रोशित छ ।

महापुराणमा दोस्रो ठूलो दान गरेका महापुराण आयोजक समितिका संयोजक राजेश भट्टले महापुराणका हिसाव पारदर्शी ढंगले सार्वजनिक गर्दै महापुराण वाचक पंडित दिनबन्धु पोख्रेलले पुराण वाचन गरे वापत रकम तोकेर पारिश्रमिक नमागेको भएपनि आयोजकको तर्फबाट दक्षिणा स्वरुप बीस हजार डलर दिने निर्णय गरिएको तर पुरा रकम दिई नसकिएको कुरा न्यूयोर्कमा आयोजित पत्रकार सम्मेलनमा बताउनु भयो ।

पत्रकार सम्मेलनमा उठेका प्रश्नहरुको जवाफ रिजउड नेपाली समाजका अध्यक्ष रवि कोईराला; उपाध्यक्ष तथा महापुराण संयोजक राजेश भट्ट लगायत सचिव भुवन भट्ट र कोषाध्यक्ष तुलसी आचार्यले दिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्