एनआरएनए अध्यक्ष भवन भट्टः सहज छैन अबको यात्रा



परिवर्तन खबर, काठमाडौँ ।

काठमाडौँ : म एनआरएनए विश्व सम्मेलनको अन्तिम दिन सम्मेलन कक्षमा छिर्दै थिएँ । दुई जना सहभागीको गफ मेरो कानमा पर्यो । दुवै सहभागी बेल्जियमबाट आएका रहेछन् ।

एक जना अलि पाकाचाहिँले भने, “तपाईं र म बेल्जियम बस्न थालेको दश वर्ष भयो होला । त्यहाँ विदेशीसँग काम गर्दा सबै नेपाली हाइहाइ हुने गरी काम गर्छन् । कस्तो व्यवस्थापन गर्न सकेको भनेर मानिसले स्यावासी दिन्छन् । त्यही मान्छे यहाँ चाहिँ किन यति अव्यवस्थित भएको होला । आखिर जति गरे पनि नेपालीको जात जनाइहाले । कस्तो अव्यवस्था !”

दुई जना उभिएरै कुरा गरिहेका थिए । म उनीहरुस्ँग चिनजान गरेर हलभित्र छिरेँ । दिनभर विज्ञहरुका कार्यपत्र प्रस्तुति र टिप्पणी गर्ने अनि एनआरएनएबाट गरिएका अपेक्षा सुनाउने दिन थियो अन्तिम दिन भएकाले । धेरै विज्ञ युवाहरु उत्साहित थिए । केही गर्न सकिन्छ भन्ने देखिन्थ्यो उनीहरुको अनुहार नियाल्दा र आवाज सुन्दा ।

नेपाल सरकारका पदाधिकारीहरु देशमा लगानी गर्नूस्हामीसँग यो छत्यो छ भन्दै थिए । मन्त्री भन्थे हामी ठीक बाटोमै छौँसाथ दिनूस् । एनआरएनएका भुक्तभोगीहरु भने उनीहरुका आश्वासन र मीठा कुरामा सुनेर भरोसा गर्न सकिएला र भनेर सोच्दै थिए र भन्दै थिए, ‘कामजस्तै कुरा कहिले हुने होला ?एउटा उद्योग खोल्ने उद्यमी वर्षौको अनिर्णयको शिकार भइरहनुपर्छ भने किन यही देश ढुकेर बसिरहन्छ र ? ऊ त व्यापारी हो । पहिले आफुलाई सुधार अनि उद्यमी बोलाऊ ।

यी दुई चित्र हुन् हामीले एनआरएनहरुलाई हेर्ने दृष्टिकोणवास्तविकता अनि उनीहरुभित्रको यथार्थको ।

यसपटकको विश्व सम्मेलनमा यसअघिको भन्दा अलि भिन्न अवस्था रह्यो । प्रथम सम्मेलनदेखि नै केही पदमा प्रतिस्पर्धा भए पनि अन्ततः अध्यक्ष चाहिँ निर्विरोध गर्दै आएका एनआरएनहरु यसपटक भने दुई भिन्न समूह बनाएरै चुनावी प्रतिस्पर्धामा उत्रे । राजनीतिक गन्ध पनि अलि बढी नै आएको पाइयो । जातीय आवाज र नारा पनि हलभित्र गुन्जाएमान नभए पनि परिसरभरि छ्याप्छ्याप्ति भयो ।

सम्मेलन व्यवस्थापनमा नेतृत्वले गरेको लापरवाहीका कारण हातहालाहालको अवस्थासमेत आइपर्यो । धनी र गरिबबीचको खाडलको स्पष्ट रेखाचित्र पनि खिच्यो यसपटकको सम्मेलनले । विदेशबाटै कसलाई भोटहाल्न को लैजाने भन्ने निर्धारण गरेरै कतिपय प्रतिनिधिहरु चयन भएको आवाज पनि सुनियो । सबैभन्दा बढी राजनीतिको शिकार भएको र सबैभन्दा बढी सहभागी भएको संयुक्त राज्य अमेरिकका प्रतिस्पर्धीहरुले खासै प्रभाव देखाउन सकेनन् ।

एनआरएनएको इतिहासमा दुई भिन्न धार झैँ लाग्ने गरी प्यानल बनाएर चुनावी प्रतिस्पर्धा गरेको यो पहिलो पटक हो । भन्न जेसुकै भनिए पनि चुनावी प्रचारका बेला र त्यसपछिको प्रतिकृया हेर्दा विगत केही समयदेखिको कसरतको परिणामस्वरुप नै एनआरएनएको अहिलेको समूह देखिएको अनुमान गर्न सकिन्छ ।

खासगरी शेष घले दोस्रो कार्यकालका लागि अध्यक्ष भएपछिका गतिविधिहरुमा आन्तरिक व्यवस्थापन र निर्णय प्रकृयामा सामूहिकताको कमी हुँदै गएको र अध्यक्षात्मक प्रणालीतिर संगठन अघिबढिरहेको विश्लेषण जानकारहरुको रहेको थियो । अधिवेशनमा प्रस्ताव गरिएको विधान संशोधनले पनि त्यस कुराको पुष्टि गर्यो । अध्यक्ष सर्वेसर्वा हुनेगरी विधान संशोधनको प्रस्ताव नै पेश गरे अध्यक्षले ।  तरअस्वीकृत हुने अवस्था बनेपछि फिर्ता लिएर मिलाइयो ।

यस्तो अवस्थामा अबको दुई वर्षको एनआरएनएको नेतृत्व गर्ने शीर्षस्थानमा भवन भट्ट पुगेका छन् । रित्तो हात जापान पसेको एउटा युवक त्यहीँ एक सफल उद्यमी बनेर स्थापित भएका भट्ट अनुभवले खारिएका युवा हुन् । विगतमा पनि नेतृत्वमा रहेर काम गरिसकेकाले संघभित्रका गतिविधिनेतृत्वशैलीनेपालभित्र र बाहिर बस्ने दुवैथरी नेपालीको इच्छाआकांक्षा र अपेक्षा बुझेका नेता हुन् । युवा भएकाले केही गर्ने जोश र जाँगर पनि छ । आर्थिक रुपमा पछि परेका तर विदेशमा बसेर देश धानिरहेका खाडीको गर्मी र मलेसियाको पेलाइमा परेकाहरुको मर्का र पीडामा कसरी मल्हमपट्टी लगाएर तिनको आवाज र भावनालाई एनआरएनएभित्र समेट्ने हो त्यसको जिम्मा अबका भवनको काँधमा छ ।

पैसा कमाएका व्यवसायी र धनाढ्यहरुको संस्थाको रुपमा छवि बन्दै गएको एनआरएनएलाई कसरी ती सामान्य मानिसको पनि संस्था हो भनेर आश्वस्ता पार्नेविद्यमान छविमा कसरी सुधार गर्नेविद्वत वर्गलाई कसरी समेटेर यो संस्थाभित्र बौद्धिक समूह पनि छ भनेर अपनत्व दिलाउनेकसरी तिनलाई संस्थाको छाताभित्र समेट्नेयुवा र महिलालाई नेतृत्वदायी भूमिकामा ल्याएर उनीहरुलाई कसरी माथि उठाउनेदोस्रो पुस्तालाई नेपाल र नेपालीको गौरव र संस्कृतिसँग कसरी घुलमिल गराएर देशभित्रका नागरिक र सरकारले गरेका अपेक्षा पूरा गर्नेनिर्वाचनताका भएको समूहगत भावनालाई कसरी फेरि मूलधारमा फर्काउने र सबैको साझा संस्था हो भन्ने भावना मर्न नदिने यस्ता थुप्रै चुनौती भवनका काँधमा छन् ।

यी बाहेक नेपालको हैसियत बढे मात्र नेपालीको हैसियत विश्वमा बढने हो भन्ने बिर्सने अवस्था छैन । नेपालको सरकारकर्मचारीतन्त्रस्वयं एनआएरएनएकै संस्थागत क्षमता र आन्तरिक व्यवस्थापनमा ल्याउनुपर्ने चुस्तता र आधुनिकपन यी सबै भवनका आगामी चुनौती हुन् । यी चुनौती सामना गर्न युवा नेतृत्वमा उदाएका सुदन थापाहरुजस्ताको अहम् भूमिका रहन्छ । यस्ता युवालाई नेतृत्व क्षमता विकास गर्दै देशभित्र पनि अपेक्षालाई यथार्थमा परिणात गर्नका लागि गर्नुपर्ने आन्तरिक व्यवस्थापन र अनुसन्धान गर्न सकियो र त्यसलार्य सांगठनिक कार्यदिशको रुपमा अगाडि बढाइयो भने युवाले नेतृत्व सम्हालेको भिन्न अनुभूति देशभित्र र बाहिर बस्ने नेपालीले गर्न सक्नेछन् । हाम्रो यही शुभकामना भवन भट्टलाई ।

प्रतिक्रिया दिनुहोस्