नेपाली चेलीलाई मल्टी कल्चरल अवार्ड फर एक्सीलेन्सद्वारा अष्ट्रेलियामा सम्मान



रेणुका पराजुली/ मेघराज पहाडी २०७४-०८-११

सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोक गढी नगरपालिका वडा नं ११ मा पिता घननाथ पराजुली र माता सीतादेवि पराजुलीको पहिलो सन्तानको रुपमा २०२८ सालमा जन्मिएकी जमुना पराजुली अध्ययनको सिलसिलामा उच्च शिक्षा अध्ययनका लागि आज भन्दा १५–१६ वर्ष अघि अष्ट्रेलियाको भिक्टोरियामा गएकी थिईन् । उनले त्यहाँ आफ्नो पढाईलाई मात्र महत्व नदिई आफूजस्तेै अरुलाई सहयोग र परामर्श दिँदै आइरहेको कुरा उनले बताईन् ।

  उनले  अष्ट्रेलियाको भिक्टोरियामा गएका शरणार्थीहरुको लागि विशेष सहयोगी भूमिका निर्वाह गरेका कारण उनलाई “मल्टिकल्चरल एवार्ड फर एक्सीलेन्स ” नामक एवार्डद्वारा  सम्मानित गरिएको थियो । शरणार्थीका रुपमा अष्ट्रेलियामा गएका व्यक्तिहरुलाई त्यहाँको समाजमा घुलमिल गराउन सल्लाह दिँदै उनीहरुको चौतर्फी विकासमा सहयोग गर्नु र उनीहरुलाई स्वास्थ्य सेवा लिँदा आई पर्ने समस्याहरु समाधानका लागि सरकारलाई सुझाव दिने अर्थात शरणार्थीहरुको साँस्कृतिक सेवा, विकास र कार्यान्वयनमा खेलेको उत्कृष्ट योगदानका लागि एवार्ड दिने निर्णय भिक्टोरिया सरकारले गरेको थियो ।

 दिदीबहिनी समाज भिक्टोरियाकी अध्यक्ष समेत रहेकी पराजुलीले त्यो एवार्ड आफ्नो मात्र नभएर नेपाली समुदायकै लागि खुशीको कुरा भएको र यसले आफुलाई थप काम गर्न प्ररित गरेको बताईन् । मेलवर्न स्थित गभर्नरको निवासमा बिहिबार आयोजना गरिएको विशेष समारोहमा  उनी सम्मानित भएकी हुन् । उक्त समारोहमा नेपाली समुदायका अगुवा पर्शुराम लुईँटेललाई पनि सम्मानित गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्