लोक गायक सूर्यमणि आचार्य



रेणुका पराजुली २०७४-०८-१८

सिन्धुपाल्चोक जिल्ला ईन्द्रावती गाउँपालिका ५ मा २०३८ सालमा जन्मिएका सूर्यमणि आचार्य एक ख्याति प्राप्त गायकका साथै समाजसेवी पनि हुन् ।

बाल्यकाल देखि नै गीत संगित प्रति झुकाव राख्ने उनले अहिलेसम्म ६० वटा जति गीत गाईसकेका छन् । २०६० सालमा रेडियो नेपालबाट लिईएको सोध परीक्षामा नाम निकाल्न सफल आचार्य नेपालको लोक संगितको मौलिकतालाई संरक्षण र संबर्धन गर्नका लागि जुटिरहेका छन् ।

अनुशासित, भद्र र मिलनसार स्वभावका उनी नेपालका अधिकांश जिल्लाहरु घुम्दै धेरै स्टेज प्रोग्रामहरुमा सहभागी भईसकेका छन् । सेलीब्रेटी बनेर अन्र्तराष्ट्रिय जगतमा ख्याती कमाउने, नेपाली गीत संगितको उत्थान गर्ने र दुखीहरुको सेवा गर्ने उनको चाहाना  रहेको बताए । २०५९ सालदेखि लोक गीत फाँटमा सक्रिय उनी एक प्रगतिशील गायक पनि हुन् ।

प्रतिक्रिया दिनुहोस्