२०७४ पौष ११ गते
तिमी
अनगिन्ती समस्या ओकलेछौ ।
म समाधानको कुरा गर्छु ।
तिमी
सानो कामलाई ठुलो देख्छौ ।
म सरल तरीकाले बुझ्न खोज्छु ।
आखिर ! म त्यो काम गरेर नै छोड्छु ।
त्यसैले त म तिमी भन्दा फरक छु नि ।
तिमी
अलि कसिएर बोल्छो ।
म अलि बिस्तारै बोल्छु ।
तिमीले
सबैलाइ नुन चुक दल्छौ ।
म त्यो सब पचाई दिन्छु ।
तिमी
त्यो र यो भनेर पक्षपात गर्छौ
म सबैमा समान व्यवहार गर्छु ।
म
कामको महत्त्वको मतलब गर्छु ।
तिमी बेफिकरले गफ दिन्छौ ।
म
भ्रम र भ्रष्टताको सधै विरोध गर्छु ।
तिमी त्यहि दलदलमा फस्न खोज्छौ ।
तिमी
आफुबाट होइन अरूबाट चल्छौ ।
म
अध्ययनको विश्लेषणले चल्न खोज्छु ।
म
तिम्रो
चाकडीको लक्षण बुझ्छु ।
अनि म पनि फरक हुन्छु ।
तिमी
उचालिएर माथि पुग्छौ ।
म
मेरै क्षमताको जोहो गर्छु ।
त्यसैले त
तिमीलाई म भन्ने गर्छु ।
तिमी र म
हेर त ! निकै फरक छ है !