मोटोपन घटाउने तरिकाहरु



काठमाडौँ, पुस १७, २०७४ : मानिसहरु धेरै आफ्नो तौलको टेन्सन लिने गर्दछन् । मोटोपन हुनुको धेरै बेफाइदाहरु छन् जसले गर्दा मधुमेह ,रक्तचाप रक्तकोलेस्टेरोल जस्ता रोगहरु निम्ताउने गर्दछ। त्येसैले सबै मानिसहरु आफ्नो तौल घटाउन चाहनछन् ।

मोटोपन घटाउदा ध्यान दिनु पर्ने कुराहरु :

१. हामीले सधै उसिनेको खाना खानु हुदैन। हामीले स्वादका लागि मरमसलाहरूको  प्रयोग गरेर पनि खान सक्छौ तर हामीले नुनको मात्रा कम नै बनाउनु पर्दछ ।

२. यदि तपाई आफ्नो तौल घटाउन चाहनुहुन्छ भने बिहान बेलुका हिड्ने गर्नुहोस।यसले तपाइको स्वास्थ्य पनि राम्रो हुन्छ।

३. हामीले ३-४ पल्ट भन्दा बढी खाना खानु हुदैन यसले हाम्रो मोटोपन बड्ने गर्दछ। यसको सट्टा हामीले सूप खाने गर्यो भने हाम्रो पेट चाँडै भरिन्छ र हामी अन्य खानेकुराहरु कम खान्छौ।

४. हामीहरुले डाइटिङ गरेको ५-७ दिनमा हामीलाई धेरै मिठो, अमिलो ,क्यालोरी दिने खाद्यपदार्थ खान मन लाग्छ। यो कुराहरु हामीले सक्दो नखाने कोसिस गर्नु पर्छ ।

५. हामीले दिनमा धेरै पानी पिउने बानी गर्नु पर्छ  यसले हामीलाई धेरै रोगहरुबाट मुक्त हुन मदत गर्छ।

६. हामीहरुले बिहान- बेलुका  व्यायाम गर्ने बानी गर्नु पर्छ। यसले हाम्रो शरीरलाई स्वच्छ र फूर्तिलो बनाउँछ।

७. हामीले थोरै क्यालोरी दिने खानेकुराहरु खानु पर्छ जस्तै  गाजर, काँक्रो, कागतीको सर्बत आदि यसले हाम्रो तौल बढ्दैन।

प्रतिक्रिया दिनुहोस्