एजेन्सी, पुस १७, २०७४ : अमेरिकी कम्पनी इनसाइडर इन्क आबद्ध दिसइनसाइडर ( This Insider ) डटकमले संसारका १० उत्कृष्ट पदयात्रा गन्तव्यमा नेपालको अन्नपूर्ण सर्किटलाई दोस्रो स्थानमा समेटेको छ । उक्त अनलाईने पहिलो स्थानमा भने दक्षिण अफ्रिकाको ओट्टर ट्रेल राखेको छ भने नेपालको अन्नपूर्ण सर्किट दोस्रो स्थानमा राखेको छ ।
अन्नपूर्ण सर्किट भ्रमण गर्न पदयात्रीलाई सामान्यतः २० दिन लाग्छ । बीस दिनमा पदयात्रीले २३० किलोमिटरको यात्रा गर्नेछन् । यात्राका क्रममा पदयात्रीले विभिन्न खोला, झोलुङ्गे पुल र हिउँले ढाकिएका अग्ला चुचुराहरूको दृश्यावलोकन गर्ने मौका पाउने छन् । पूर्ण यात्राको समय नहुने पर्यटकलाई १२ दिने पदयात्रा योजना पनि उपलब्ध छ । जसको सुरुवात पुनहिलको सूर्योदय सँग सुरु हुने पनि दिसइनसाइडरले लेखेको छ ।
त्यस्तै तेस्रो गन्तव्यमा द सिंक टेर्रे, इटाली चौथोमा प्यासिफिक क्रेस्ट ट्रेल, अमेरिका, पाँचौमा कोस्टारिकाको मोन्टेभेर्दे पार्कको स्काईवाक, छैटौंमा आइसल्याण्डको लाउगाभेगुरिन, सातौंमा माचुपिचुको इन्का ट्रेल, आठौंमा गालापागोस आइसल्याण्डको सेर्रा नेग्रा, नवौँमा अमेरिकाको एप्पालेशु ट्रेल र दशौँमा चिलीको ग्रे ग्ल्यासीयर ट्रेल पर्न सफल भएका छन् ।
दश उत्कृष्ट पदयात्राका गन्तव्यहरु :
१. ओट्टर ट्रेल, दक्षिण अफ्रिका:
२. अन्नपूर्ण सर्किट, नेपाल:
३. द सिंक टेर्रे, इटाली:
४. प्यासिफिक क्रेस्ट ट्रेल, अमेरिका:
५. मोन्टेभेर्दे पार्कको स्काईवाक, कोस्टारिका:
६. लाउगाभेगुरिन, आइसल्याण्ड:
७. इन्का ट्रेल, माचुपिचु:
८. सेर्रा नेग्रा, गालापागोस आइसल्याण्ड:
९. एप्पालेशु ट्रेल, अमेरिका:
१०. ग्रे ग्ल्यासीयर ट्रेल, चिली: