सैनिक प्रवक्ताको कार्यभार हस्तान्तरण



श्री जनसम्पर्क तथा सूचना निर्देशनालयको निर्देशक तथा नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी आज मिति २०७४ पौष १९ गतेबाट सहायक रथी श्री गोकुल भण्डारीले सम्हाल्नु भएको छ । सहायक रथी श्री नैनराज दाहालले निर्देशनालयमा आयोजित एक कार्यक्रमका बीच सहायक रथी श्री भण्डारीलाई कार्यभार हस्तान्तरण गर्नु भएको हो । करिव ३ महिना जनसम्पर्क तथा सूचना निर्देशक तथा सैनिक प्रवक्ताको जिम्मेवारी निर्वाह गर्ने सिलसिलामा सञ्चार जगतका सवै मिडिया हाउस, प्रकाशक, सम्पादक तथा बिशेषगरी डिफेन्स विटसंग सम्बद्ध पत्रकारहरुबाट प्राप्त सद्भाव, शुभेच्छा र सहयोगका लागि सहायक रथी श्री दाहालले आभार प्रकट गर्नु भएको छ ।

सहायक रथी श्री भण्डारीको कार्यकालमा नेपाली सेना र पत्रकार जगतबीचको सम्बन्ध थप प्रगाढ र सुमधुर बनाउँदै लैजान सञ्चार जगतको अझ बढी सहयोग रहने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्