मित्रराष्ट्र जाम्बिया सेनाका लेफ्टिनेन्ट जेनेरल पल मिहोभाद्वारा नेपाल भ्रमण



काठमाडौँ, पुस १९, २०७४ : मित्रराष्ट्र जाम्बिया सेनाका Army Commander Lieutenant General Paul MIHOVA, DFS psc plsc PM मिति २०७४ पौष १९ गतेदेखि ऐ. २५ गतेसम्म ७ (सात) दिने नेपालको औपचारिक सद्भावना भ्रमणको सिलसिलामा आज मिति २०७४ पौष १९ गते काठमाडौं आईपुग्नु हुने कार्यक्रम रहेको छ ।

Lieutenant General Paul MIHOVA लाई सैनिक ईन्टेलिजेन्स महानिर्देशक उपरथी श्री जगदिशचन्द्र पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नु हुनेछ ।

उहाँले भोलि मिति २०७४ पौष २० गते टुंडिखेलस्थित सैनिक मञ्चमा रहेको वीर स्मारिकामा माल्यार्पण गर्नु हुनेछ भने जङ्गी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले उहाँको सम्मानमा सम्मान गारत अर्पण गर्ने कार्यक्रम रहेको छ । साथै उहाँले प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीसँग जङ्गी अड्डामा भेटवार्ता गर्नु हुने कार्यक्रम रहेको छ ।

भ्रमणको दौरान उहाँले सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारी, सम्माननीय प्रधानमन्त्री श्री शेर बहादुर देउवा, माननीय रक्षामन्त्री श्री भिमसेनदास प्रधानलाई छुट्टाछुट्टै भेट्ने कार्यक्रम तय गरिएको छ । साथै, सोहि क्रममा उहाँले नेपाली सेनाको विभिन्न शिक्षण संस्थाहरुको निरीक्षण भ्रमण गर्नुको साथै पोखरा लगायत नेपालको केही महत्वपूर्ण पर्यटकीय स्थलहरुको समेत भ्रमण गर्नु हुने कार्यक्रम रहेको छ ।

यस किसिमको उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमणले नेपाली सेना र मित्रराष्ट्र जाम्बिया सेनाबीच रहंदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धलाई सुमधुर एवम् प्रगाढ बनाउन थप मद्धत पुग्नुको साथै नेपाली सेनाको अधिकांश शान्ति सैनिक मिशनहरु अफ्रिकी महादेशमा नै रहेकोले अफ्रिकी महादेशकै राष्ट्र जाम्बियाको सेना प्रमुखको नेपाल भ्रमणबाट अफ्रिकी राष्ट्रहरुमा शान्ति स्थापना कार्यमा सहकार्य गर्न थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्