नेपाल भारत सुरक्षाकर्मीको संयुक्त गस्ती ।



रबिन्द्र यादव/नवलपरासी, पुस १९, २०७४ :  नवलपरासीमा सीमा सुरक्षाको निम्ति नेपाल र भारत सुरक्षाकर्मीले संयुक्त गस्ती गरेका छन । सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठी परसौनी र सशस्त्र सीमा बल एसएसबी झुलनीपुर महाराजगंजले संयुक्त गस्ती गरेका हुन । गुठी परसौनीका सशस्त्र प्रहरी निरीक्षक तेजबहादुर बुढाथोकी र सशस्त्र सीमा बल एसएसबी झुलनीपुरको सशस्त्र प्रहरी नायव उपरीक्षक एन चोंगलोईको नेतृवमा रहेको संयुक्त गस्ती टोलीले सीमा स्तम्भ संख्या ४९७ देखि स्तम्भ संख्या ५०० सम्मको संयुक्त गस्ती गरिएको थियोे । गस्तीको क्रममा सीमा अतिक्रमण गरि दुबै देशका नागरिक बस्दै आएका बारे सुरक्षाको दृष्टिकोणले समस्याबारे छलफल समेत गरिएको थियो । उक्त गस्ती टोलीमा नेपालका २१ जना, सशस्त्र सीमा बल एसएसबीबाट १० जना सुरक्षाकर्मीको सहभागीता रहेको थियोे । नेपालमा बाम गठबन्धनको बहुमतको सरकार बन्ने भएपछि यो नवलपरासीमा पहिलोपटक संयुक्त गस्ती गरेको हो । यस बाहेक पनि ती दुई सिमाका सुरक्षाकर्मी बिचको धेरै पटक संयुक्त गस्ती गरिसकिएको छ ।

प्रतिक्रिया दिनुहोस्