ऐश्वर्या रायको २९ वर्षका छोरा रहेको खुलासा !



एजेन्सी, पुस २०, २०७४ : अहिले सामाजिक सञ्जालमा ऐश्वर्या राय लक्षित एउटा अनौठो समाचार एकदमै भाइरल भईरहेको छ । जसमा एक युवकले रायलाई आफ्नो आमा भनेका छन् । डेक्कन क्रनिकलको रिपोर्ट अनुसार आन्ध्रा प्रदेशको २९ वर्षका  एक युवकले ऐश्वर्या राय बच्चन उनकी आमा हुन भनेर दाबी गरेका छन् । अब यी युवक आफ्नो आमासँग बस्न चाहन्छन् । व्यक्तिको अनुसार ऐश्वर्या रायले आईभिएफ (IVF) को माध्यमबाट लण्डनमा उनलाई जन्म दिएकी थिइन् । यस युवकको नाम संगीत कुमार हो ।

संगीतले मीडियासँग कुरा गर्दै भने, ‘३ वर्षको उमेरमा उसको आमा-बुवाले उनलाई आन्ध्रा प्रदेशको चूडावरममा लगेका थिए । २७ वर्षसम्म त्यहि बसे । जन्मेको २ वर्षसम्म उनि आफ्नो हजुरआमा बिन्द्रा कृष्‍णराज रायसँग बसे । उनको  हजुरबुबा कृष्‍णराज रायओ अप्रिल २०१७ मा निधन भएको थियो । उनको  अंकलको नाम आदित्य राय हो ।’ संगीतले यो पनि बताएकी राय परिवारले अब उसँग सबै नाता तोडेका छन् । संगीतको अनुसार ऐश्वर्या १५ वर्षकि उमेरमा नै आमा बनेकी थिइन् । संगीत चाहन्छन कि यी सबै छोडेर ऐश्वर्या अब उनको साथ मंगलुरुमा रहुन । यस्तो लाग्दछ कि संगीत यो सब मात्र पब्लिसिटीको लागि गर्दैछन् । २ वर्षसम्म उनको माता-पिताले उनको पालन पोषण गरेका थिए । यस युवकले यो पनि दाबी गरेका छन् कि अभिषेक बच्चन अब अलग-अलग बस्छन् । यी सबै कुरालाई प्रमाणित गर्ने उनिसँग कुनै सबुत भने रहेको छैन र हालसम्म यस दाबीमा ऐश्वर्या र बच्चन परिवारले भने कुनै प्रतिक्रिया दिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्