माधुरी दीक्षित फिट रहनुको रहस्य ‘नृत्य’



एजेन्सी, पुस २०, २०७४ : माधुरीले एक अन्तर्वार्तामा आफु ५० वर्षको उमेरमा पनि यति फिट वा स्वस्थ रहनुको कारण नृत्य हो भन्ने कुराको पुष्टि गरेकी छिन्। उनलाई नृत्य धेरै मनपर्छ, नृत्य उनको दैनिक तालिकाको एक भाग हो।  माधुरी यो कुरा मान्छिन् कि नृत्य एक प्रकारको व्यायाम हो, यो सबैले गर्नुपर्छ र यसले शरीरलाई स्वस्थ राख्न मदत गर्छ । आफ्नो अभिनय र नृत्यबाट मान्छेलाई आकर्षित गर्ने नायिका दीक्षित सानैदेखि नृत्यको शैखिन थिइन्।  एक पछि अर्को ब्लकबस्टर फिल्म दिएकि माधुरीको  थुप्रै चलचित्रहरू अझै पनि दर्शकहरुले मन पराउछन् । माधुरीले १९८४ मा ‘अबोध’ फिल्मबाट आफ्नो अभिनयको सुरुवात गरेकी थिइन्।

चलचित्र क्षेत्रमा आउनु अघि माधुरी डाक्टर बन्न चाहन्थिन् । फिल्ममा आउनु भन्दा पहिला उनले  माइक्रोबायोलोजीको अध्ययन गरी रहेकी थिइन्। तर चलचित्रहरूमा जति-जति प्रसिद्धि पाउँदै गइन् उति-उति उनको डाक्टर बन्ने इच्छा हराउदै गयो । उमेर र पारीवारीक बन्धनमा  बाधिएका कारण उनि चलचित्रमा देखिन छोडेकी थिईन । तर पछिल्लो समय चलचित्र क्षेत्रमा पुनरागमन गरेपनि त्यो त्यति सफल हुन सकेन उनका लागि । टेलिभिजनबाट प्रशारण हुने रियालिटी शोहरुमा निर्णायकको भूमिका निर्वाह गर्नुका साथै नृत्यको  क्षेत्रमा भने अझै एक्टिभ छिन्। माधुरी नृत्य सिकाउछिन् ।

आफ्नो करीयरको शिखरमा पुगेको समयमा माधुरीले सबैलाई चकित बनाएकी थिइन्।  उनले विवाह गरेपछि चलचित्र उद्योग छोड्ने निर्णय गरीन्। १९९९ मा उनले डाक्टर श्रीराम नेनेसँग विवाह गरीन् र कोलोराडोमा बसोबास गर्न सुरु गरीन्।  तर उनि चलचित्र क्षेत्रमा फर्किन। आजकाल उनी आफ्नो एक नयाँ च्यानल सुरु गर्न व्यस्त छिन्।

लाखौ मानिसको मन जित्न सफल बलिउडकी सुपर स्टार नायिका माधुरी दिक्षितको आज पनि धेरै फ्यानहरु छन्।

प्रतिक्रिया दिनुहोस्