सुनको मुल्य घट्यो ! आज कतिमा कारोवार हुँदैछ ?



काठमाडौं, पुस २०, २०७४ : लगातार केही दिनदेखि बढिरहेको सुनको भाउ आज २०० रुपैँयाले घटेको  छ ।

त्यस्तै दुईदिनदेखि स्थिर रहेको चाँदीको भाउ आज पनि स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज सुन प्रतितोला ५५ हजार ८०० रुपैँयामा कारोवार भइरहेको छ भने चाँदी प्रतितोला ७ सय ५० रुपैँयामा कारोवार भइरहेको छ । हिजो सुनको भाउ तोलाको ५६ हजार रुपैँयामा कारोवार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्