समस्याग्रस्त सहकारीबाट पीडितले सहयोग पाउँछन् : मन्त्री बस्नेत



काठमाडौँ, २० पुस २०७४ : सहकारी तथा गरिबी निवारण मन्त्री अम्बिका बस्नेतले समस्याग्रस्त सहकारीबाट पीडितले सहयोग पाउने बताउनुभएको छ । उहाँले सहकारी ऐन २०७४ ले सो विषयमा सम्बोधन गरेको बताउँदै पीडितलाई राहत उपलब्ध गराउनका लागि समिति बन्ने दाबी गर्नुभएको छ । राष्ट्रिय सहकारी महासंघको २५आँैं वार्षिक साधारण सभालाई आज सम्बोधन गर्दै मन्त्री बस्नेतले आवश्यकता अनुसार सहकारी एने २०७४ संशोधन हुने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सहकारी ऐनको दण्ड सजायबारे आलोचना भइरहेको छ । उक्त ऐन कानुनको परिधिमा रहेर काम गर्ने सहकारी संस्थाहरु दण्डित हुनुपर्दैन ।’ उहाँले  जनतामा पुगेर काम गर्ने आर्थिक ‘मोडेल’ सहकारी भएको भए पनि अझै पनि सहकारीको विषयमा चेतना वृद्धि गर्न आवश्यक रहेको बताउनुभयो ।“रोजगारी सिर्जना गर्न उत्पादन वृद्धि गर्नका लागि सहकारीले अझै पनि योगदान बढाउनुपर्छ, उहाँले भन्नुभयो ।

नेपाली काँग्रेसका सहकारी विभाग प्रमुख तथा पुर्वमन्त्री वालकृष्ण खाणले नेपाली जनताको चाहना अनुरुप आर्थिक उन्नति, भौतिक विकास, रोजगारीका अवसरको सृजना तथा गरिबी निवारणमा सहकारीले निर्वाह गरेको प्रभावकारी भूमिकाको सराहना  गर्नुभयो । कार्यक्रममा प्रतिनिधिसभा सदस्य शक्तिबहादुर बस्नेत, प्रदेशसभा सदस्य पशुपति चौलागाईँ, राष्ट्रिय सहकारी विकास बोर्डका सह अध्यक्ष दक्ष पौडेल र सहकारी विभागका रजिष्ट्रार केशवप्रसाद रेग्मीले ऐनले सहकारीको प्रवद्र्धन गर्ने नीति अबलम्बन गरेको बताउनुभयो ।

महासंघका अध्यक्ष केशव वडालले आर्थिक वर्ष २०७३÷७४ मा सहकारी तथा गरिवी निवारण मन्त्रालयबाट प्राप्त गरेको रु एक करोड अनुदानबाट विभिन्न प्रवद्धनात्मक कार्यक्रम गरेको जानकारी दिनुभयो । उहाँले सहकारीको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै वडालले सहकारी विभागसँगको सहकार्यमा सम्पत्ती शुद्धीकरण अभिमुखीकरण, सहकारी सूचना प्रणाली अभिमुखीकरणलगायत तालिम संचालन गरेको बताउनुभयो । साधारण सभामा सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले मन्त्रालयहरु समायोजन हुँदा सहकारी मन्त्रालयको स्वरुपलाई परिवर्तन गर्न नहुनेमा जोड दिनुभयो । उहाँले राज्यको पुनःसंरचनासँगै सहकारीको भूमिका अन्योलमा पर्ने हो कि भन्ने आशंका बढेको गुनासो गर्नुभयो ।

साधारण सभाले सहकारी ऐन अनुसार आफ्नो विनियमसमेत संशोधन गर्ने निर्णय गरेको छ । महासंघका देशभरि रहका  केन्द्रीयस्तरका सहकारी संघ तथा जिल्लास्तरीय संघ गरी ३२१ सदस्य संघ रहेका छन् । तेह्रवटा सहयोगी सदस्य संस्था रहेका छन् । त्यसैगरी महासंघले केन्द्रीय सहकारी संघ, राष्ट्रिय सहकारी बैंक तथा जिल्लासंघमार्फत भूकम्प प्रभावित जिल्लाका सहकारी संघ÷संस्थाको व्यवसाय पुर्नउत्थान तथा प्रवद्र्धनमा सहयोग गर्ने उद्देश्यले सहुलियतपूर्ण ऋण प्रदान गर्ने जनाएको छ । कार्यक्रममा  सहकारीमा विद्यावारिधि गर्नुभएका विश्वमोहन आचार्य,  खगराज शर्मा, कृष्ण पौडेल, ज्ञानेन्द्र पौडेल र गोविन्दराज जोशीलार्ई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्