उखु मिल सञ्चालनमा नआउँदा कृषक चिन्तित



गौर, रौतहट, २० पुस २०७४ : गरुडास्थित श्रीराम सुगर मिल अझै सञ्चालनमा आउन सकेको छैन । मिल सञ्चालनमा नआउँदा किसान मर्कामा परेका छन् । उखुको मूल्य निर्धारण नभएको र विगत दुई वर्षको करिब रु २२ करोड उद्योगीले किसानलाई भुक्तानी गर्न बाँकी रहेको अवस्थामा उद्योग सञ्चालनमा नआउँदा किसान मारमा परेका छन् ।

जिल्लामा अधिकांश किसानको खुँटी उखु खेतमै बिग्रिन थालेको छ । मिल सञ्चालनमा आउन ढिलाइ हुँदा किसानलाई उखु सुक्ने चिन्ता भएको छ । कतिपयले सस्तोमा खाँडसारी उद्योगलाई उखु बेचेका छन् । रौतहटमा सञ्चालित दर्जनभन्दा बढी खाँडसारी उद्योगले कम्तीमा ५० हजार क्विन्टल उखु क्रसिङ गरिसकेका छन् ।

मर्मत भइरहेकाले मिल छिट्टै सञ्चालनमा आउने सो उद्योगले जनाएको छ । उद्योगको टर्बाइन र रोलरमा खराबी आएको थियो ।

प्रतिक्रिया दिनुहोस्