सुनील ग्रोबर सुटुक्क नेपालमा



काठमाडौँ, २१ पुस २०७४ : सोल्टी होटलमा हुन लागेको  एक ब्रान्ड शोको लागि चर्चित कमेडीयन स्टार सुनील ग्रोबर सुटुक्क नेपाल आएका छन् । सुनिलले पशुपति परिसरमा एक बाबासँग खिचेको तस्विर  सामाजिक संजाल ईन्स्टाग्राम मार्फत  सेयर  गरेका छन् ।

सोल्टी होटलमा आयोजना गर्न लागेको यस  शोमा हेमन्त राना, अभिनेत्री  स्वस्तिमा खड्का लगायत अन्य कलाकारहरुले प्रस्तुती दिदैछन् भने नायिका रिमा विश्वकर्मा र सञ्चारकर्मी नरेश भट्टराईले होस्ट गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्