बर्षौपछि धर्मेन्द्र पहिलो पत्नी प्रकाश कौरको साथमा



एजेन्सी, २१ पुस २०७४ : हालै बबी देओलले आफ्नो ईन्स्टाग्राम अकाउन्टमा नयाँ वर्ष सेलीब्रेशनको तस्वीर सार्वजनिक गरेका थिए । जसमा धर्मेन्द्र, बबी, सनी र धर्मेन्द्रकी पहिलो पत्नी प्रकाश कौर पनि संगै देखिएका छन् । यस सेलीब्रेशनमा हेमा मालिनी र उनको दुवै छोरी ईशा र अहाना पनि रहेका थिए ।

बबी र सनी आफ्नो आमाको साथ रहने गर्दछन् । ८२ वर्षका धर्मेन्द्र अहिले आफ्नो फार्महाउसलाई सम्हाल्दै हेमा मालिनीको साथ जिन्दगी बिताइरहेका छन् । धर्मेन्द्रले प्रकाशलाई डिभोर्स नदिईकन हेमा मालिनीसँग विवाह गरेका थिए । त्यस पछि दुवैजना अलग भएका थिए । प्रकाशसँग धर्मेन्द्रको विवाह त्यस समयमा भएको थियो जब उनि  १९ वर्ष कि थिइन् । दुवैको चार बच्चा बबी देओल, सनी देओल, अजेता र विजेता हुन् । अजेता र विजेता पनि आजसम्म लाइम लाइटमा आएका छैनन् । दुवैले विदेशमा घर बसाएका छन् । धर्मेन्द्र र हेमा मालिनीले करीब ३० चलचित्रमा संगै काम गरेका छन् । साथै काम गर्दा-गर्दै दुवैजनाको अफेयर भएको थियो । यो कुरा प्रकाशलाई पनि थाहा थियो तर उनि धर्मेन्द्रलाई डिभोर्स दिन तयार भईनन् । त्यसैले हेमा र धर्मेन्द्रले इस्लाम धर्म स्वीकारेर विवाह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्