काठमाडौँ, २१ पुस २०७४ : गाउँको प्राथमिक स्कूलबाट पाँच क्लास पास गरेर निम्न माविको पढाई गर्न झण्डै घरबाट आधा घण्टा ओरालो यात्रा गर्नुपर्ने र फर्कदा एक घण्टा पार गर्नुपर्ने ठाउँ थियो मेरो स्कुल अर्थात त्यो मैले पढ्ने स्कूल मेरो ठाउँको सदरमुकाम भन्दा फरक पर्दैनथ्यो । छ क्लासमा पढ्दा प्राथमिक स्कूल भन्दा फरक परिवेश थियो, त्यहाँ प्राथमिक स्कूलमा पढ्दा सधै प्रथम हुने मानिस त्यहाँ त प्रथम त कता हो कता पाँचौं नम्बरमा पनि पर्न सकिएन बल्ल बल्ल पास भइएछ ।
२०४६ सालको राजनीतिक परिवर्तपछि देशमा केही नीति फेरिएको रहेछ त्यस ताका प्रत्येक बर्ष फागुन ७ गते प्रजातन्त्र दिवस नेपाल सरकारको आग्रहमा मनाइन्थ्यो । त्यो दिन नेपाली जनताका लागि अधिकार प्राप्तिको दिन र खुशीको दिन थियो । त्यसै दिन प्रत्येक प्राथमिक स्कूलहरुले कुनै न कुनै प्रकारको प्रतियोगिता बनाउनु पर्दथ्यो, नृत्य प्रतियोगिता, नाँचगान आदि जुन खुशीको संकेत थियो । त्यो प्रतियोगिता स्रोत केन्द्र मार्फत सम्पन्न गरिन्थ्यो । प्रजातन्त्र भनेको बोल्न पाउने, खान पाउने, पढ्न पाउने, राजनीतिक पार्टी खोल्न पाउने अधिकार हो भनेर बुझाइन्थ्यो । अग्रजहरुबाट गाउँघर तिर २०५४ सालको स्थानीय निकायको निर्वाचन ताका दलहरु गाउँघरतिर भोट माग्न प्रचारप्रसामा आए । के हो भोट भनेको ? दल भनेको के हो ? थाहा त थिएन तर उनले प्रचार गर्न ल्याएको माइक भने सारै मन पर्दथ्यो, बोली अति मिठो लाग्ने, टाढा टाढा आवाज सुनिने सारै राम्रो लाग्दथ्यो । माइकको भित्रपट्टी जून पार्टीको हो त्यही पार्टीको नाम र चुनाव चिन्ह हुन्थ्यो । जस्तो कि एमालेको सूर्य, कांग्रेसको ख, राप्रपाको हलो, ति पार्टीका नेता कार्यकर्ताले प्रचारप्रसार गरेर गइसकेपछि आफूभने पाईप काटेर दुइटै पट्टी पातलो खालको कागज बाधेर ति नेताहरुकै नक्कल गरेर ओल्लोपल्लो घरमा प्रचार गरिन्थ्यो र सू्र्यमा भोट दिन अपील गरिन्थ्यो । हेलो हेलो नेकपा एमालेको चुनाव चिन्ह सूर्य सूर्यमा मतदान गरी अत्यधिक बहुमतले अमुक पात्रलाई जिताई दिन हार्दिक अपील छ भनिथ्यो ।
०५२ सालतिर कता हो कता रोल्पा रुकुमतिर माओवादी भन्ने पार्टी आएको छ रे ! पुलिसहरुरु कांग्रेस र एमालेका नेताहरुलाई मार्दैछन् भन्ने गाइँगुई सुनिन थालेको थियो र त्यो हवा हाम्रो घरसम्म पुगेको समाचारहरु सुनिन थाले । आफूलाई भने माओवादी कस्ता होलान,् के खाँदा होलान्, हामी जस्तै हुन् कि कुनै अर्कै धूर्वबाट जन्मेका हुन्, माओवादी देख्न पाए हुन्थ्यो जस्तो लाग्ने म मा मात्रै हैन सबै नेपालीमा सायद यस्तै लागेको थियो । नभन्दै २०५८ श्रावण ४ गते माओवादीहरु हाम्रो स्कुलमा पुगेका रहेछन्, मनमा लाग्यो आज त माओवादी धित मरुन्जेल हेर्छु । उनीहरुले पुरै स्कुलका विद्यार्थीहरुलाई एउटै कोठामा बस्न लगाई आफ्नो पार्टीको परिचय गराएका थिए । उनीहरु भन्दै थिए, शोषक, सामन्ती, दलाल, पूँजीपति, बसी बसी खाने वर्गलाई लखेट्छौ हामी कांग्रेस एमालेका दलालहरुलाई गोदी गोदी मार्छौ भनी जनतामा जहर भर्ने अभिव्यक्ति प्रकट गर्थे । देश चलाउने पार्टी हाम्रो हो आदि आदि भनी मौखिक आह्वान गर्दै कार्यक्रम विसर्जन गरी अन्र्तध्यान भएका थिए ति चार जना माओवादीहरु ।
नाम भने आकाश, पाताल, धर्ती र पहाड थिए यस्तै यस्तै आफू भने माओवादीहरु फेरी कहिले देख्न पाइएला भनेर पर्खाइमा थिए । एक महिनापछि नजिकैको अर्को स्कुलमा माओवादीहरु आएका छन् रे भन्ने खबर सुनेर माओवादी हेर्न त्यतैतिर लागियो । त्यहाँ २ जना माओवादी रहेछन् । एउटाको हातमा बन्दुक थियो, अर्कोको हातमा सानो पेस्तोल । ति दुई जना यताउता गर्थे आफू भने हेरी रहूँ जस्तो लाग्ने थोरै डर पनि थियो कतथै हातको बन्दुक म तिरै ताक्यो भने बर्बाद भो नि, तर ति माओवादीलाई सुइको नपाउने गरेर घरी ऊ पट्टी उसको कम्मरमा भिरेको पेस्तोलतिर नजर हुन्थ्यो । यस्तै हेर्दा हेर्दै ३ घण्टा बितेछ अन्तमा घर फर्केर आए । अर्को दिन माओवादीलाई कहाँ देख्न पाइएला भनेर सोची नै रहन्थे त समय बित्दै गयो माओवादीहरु गाउँघरमै आउन थाले स्कूलमा त सधैँ जसो आइरहन्थे । लेखनाथ पौड्याल, महाकवि लक्ष्मी प्रसाद देवकोटा, वि.पी. कोइराला, सिद्धिचरण, आदिकवि भानुभक्त आचार्यका जीवनी र कविता पढ्ने ठाउँमा माक्र्सवाद र लेलिनवाद सिकाउन थाले । त्यो बुर्जआ विद्या हो भन्न थाले प्रायःजसो महिनाको एक दिन गाउँभरिका जनतालाई भेला पारेर आमसभा भई नै रहन्थे र भन्दथे यो देश अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवाका दलालहले खाइसक्यो, दलालहलाई गाउँ निकाला गर्नुपर्छ । आफूलाई पनि यस्तै कुराहरु सारै मन लाग्दथ्यो कहाँ नै थाहा थियो र ! नेपालको धरातल त्यतीबेला कहाँबाट थाहा हुनु देशको सामरिक महत्व र भूराजनीति मनभरी नै माओवादी नै माओवादी हुन्थ्यो ।
माओवादीहरु आएर सधैँ आमसभा नै गी दिउन् जस्तो लाग्ने । माओवादीहरु कस्ता न कस्ता सुरु सुरुमा त उनीहरुले गाउँघरमा जाँडरक्सी, जुवातास बन्द गरे अपराधीहरुलाई कारवाही पनि गरे । गाउँघरमा घट्ने यौनका घटना हरुमा त कयौँ महिलाका योनीमा आगो झोसेका थिए, पुरुषका लिङ्गहरुमा सिस्नो लगाएका थिए, भाटे कारवाही भनेर कयौँ जनताका पिँठूमा लाठी बजारेका थिए, अचम्म त के भनेनी उनीहरुका साथमा कलाकार टिम पनि हुन्थ्यो, भन्ने गर्थे हामी हिँउचुलीमा हिँउ लड्के जोवन भन कलाई दिउ जस्तो गीत गाऊदिनौँ हामी त कुल्ली दाईले के पायो नि कुल्ली भाईले के खायो नि ठेगदारले पैसा कमायो, पूर्व छितिज रक्तमणि भो उषा किरण छाउँदै छ जनताको सुनौँलो राज छिटै आउँदै छ भन्ने गीत गाउँथे । अहिले ति गीत गाउने दाजुभाई र दिदीबहिनी साउदी अब, दुबई, कतार र अन्य देशमा उषा किरण आएको हेर्दैै होलान् …… यस्तै यस्तै गीत गाउँथे । अहिले आएर कुल्ली भाईलाई दुःख दिने सबैभन्दा बढी ठेगेदारहरु माओवादी कै छन् । ति गीतहरु गाउँदाखेरी मन कसको छुदैन थियो र ! पंतिकारलाई त माओवादी भएको भए मेरो भाषामा, “देशको भाषा, धर्म, सभ्यता, संस्कृती, संस्कार नेपालीपन नै सखाप पार्ने” पादरीको भक्तको लिस्टको सूचीमा मेरो नाम पनि हुन्थ्यो होला धन्न भगवान पशुपतिनाथ र मरो स्कूल देवता लटीनाथको करुणाले बचायो !!
कस्तो हुन्थ्यो भनेनी माओेवादीहरु गाउँमा आउँदा झ्यालबाट लुकीलुकी हेर्नुपर्ने सरकारले आतंककारी भनेपछि हाम्रो लागि कहाँ साधू हुन्थे र उनी त मेरो विचारमा भने उनी उतिबेला राम्रै लाग्थ्यो । माओवादी झ्यालबाट हजुरआमाले धारे हात लगाउँदा लगाउँदै पनि एक झलक त हेरी नै हाल्दथे । माक्र्सवाद लेलिनवाद माओवाद प्रचण्डपथका कुरा सुनी रहँदा राम्रै लाग्थ्यो । त्यतिबेलामा माओेवादीले भनेका नाराहरु कहाँ पो गलत थिएर ।
गाउँघरमा आउँदा आमा दुई जनाको लागि खाना पकाउन आह्वान गर्थे । त्यो भन्दा बढी माओवादीको जन्म गराउने शक्तिले बाहिर नेपालीले जान्ने गरेर कहाँ पो नारा बनाइदिएको थियो र ! त्यो बाहिर देखिने खालको थियो भने माओवादीका नेता प्रचण्डको एकैचोटीको आह्वानमा कहाँबाट ज्यान फाल्न तया हुँदा हुन नेपाली जनताका छोराछोरीहरु तर माओवादी पाल्न शक्तिले रहस्यमय तरिकाले नाम माओवादी राखेर पठाएको रहेछ, नेपालमा जुन माओवादसँग सात जन्मको पनि साइनो नहुने गरेर जुन अहिले आएर सत्य सावित हुँदैछ, केही कुराहरु अझै रहस्यमय नै छन्, आशा गरौँ भोली सबै दूधको दूध पानीको पानी हुनेछन् ।
दिनहरु घर्किदै गए देशमा संकटकाल लाग्यो सकारी से.ना र विद्रोही सेनाबीच भिडन्त भएका खबरहरु रेडियोबाट सुनिन्थ्यो । आज यति माओवादी मरे भोलि उति मरे भन्दा खुशी हुन्थ्यो किनभने माओवादीले जहर भरेको थियो हामीमा, जेहाद छेडेको थियो । जनतामा यी भाडाका सिपाही हुन् सच्चा सेना त हाम्रा पो हुन् भनी बिस बमन गर्ने काम गर्थे माओवादीहरु ।
२०५९ तिरको कुरा होला सात क्लासमा पढ्दथे । एकदिन परिक्षा चलिराखेको थियो । त्यतिबेला छ क्लासदेखि संस्कृत विषय पढाई हुन्थ्यो । दश क्लाससम्म परिक्षा चलेकै बेला माओवादीहरु छापामार शैलीमा आएर संस्कृतका पेपर र किताब लगेर पुरै जलाई दिए यो पुरेतको विद्या हो भने संस्कृत बाहुनको विद्या हो भने संस्कृत भाषा आफैँमा विराटता र वैज्ञानिकता भएको दर्शन हो । यो संसारकै एक पुरानो भाषा हो भनिन्छ । संस्कृत यसै भाषाको अध्ययन र अनुसन्धानबाट दुनियाँका थुप्रै आविस्कारहरुको सुरुवात भएको भनी पश्चिमका कयौँ वैज्ञानिक र दर्शनका ज्ञाताहरुले स्वीकार गरेका छन् । भागवत गीताको गरिमा वैज्ञानिकतालाई बुझ्न नसकेकै कारण हो अथवा कुन प्रयोजनको निमित्त कर्मकाण्ड हो भनियो त्यो माओवादीहरुले जानून तर संस्कृत भाषा कुनै पण्डितको वा दलितको थिएन यो त वैज्ञानिकता विराटता सभ्यताले भरिएको आदिमकाल देखिको प्रतीक थियो । भाषा पनि कही पण्डितको हुन्छ र ! तर माओवादीले त्यसै भने संस्कृत भाषा त दुनियाकै पुरानो भाषा थियो । नेपाल र नेपालीले झनै गर्व गर्ने भाषा हुनु पर्नेमा माओवादीको नजरमा कसरी त्यो पण्डितको भाषा भयो । उनीहरुले यता संस्कृत पाठशालाहरु जलाइराखेको समयमा उता यूरोप, अमेरिका धमाधम दर्जनौँको संखयामा नैमिशाण्यकस्यपको जन्म थालोर कर्मठ भूमिभन्दा माक्र्स र लेलिनको जन्मभूमिमा किन चाहियो संस्कृत भाषाका विश्वविद्यालयहरु के यी संस्कृत पाठशाला जलाउनेहरुले सोचेका छन् त ! यसको बारेमा नेपाली जनताले सोच्ने र मनन गर्ने नै छन् भोलिका दिनहरुमा ।
त्यतीबेला माओवादीहरु २४ घण्टा गाउँमै त हुन्थे हाम्रै काकाबुबा दाजुभाई त थिए ति हुन् त सेना पनि हामीहरुकै दाजुभाई थिए त तिनीहरुसँग त्यती घुलमिल हुँदैनथ्यो । कुनैपनि देशको सेनासँग जनताको त्यती उठबस हुँदैन र हाम्रो पनि थिएन । यो बीचमा माओवादीहरुले थुप्रै अभियान चलाए कहिले प्रत्याआक्रमणको पहिलो दोस्रो चरण भने त कहिले एक घर एक बंकर एक ढुकुटी एक आक्रमण भनेर घरकै अगाडि बंकर खन्न लगाए यो बिस्तार वाद र साम्राज्यवादको विरुद्ध हो भन्ने गर्थे त कहिले चिचे कुल्लो अभियान भनेर चलाउँथे जुन अभियान सबैलाई घर खाली गर्न लगाएर एक जिल्लाबाट अर्को जिल्ल लगेर सबैलाई माओवादी बनाउने योजना थियो त्यो तर पूर्ण रुपमा सफल भएन । माओवादीले अन्तिममा चलाएको अभियान थियो ढाडमा टेकी टाउकोमा हान्ने त्यो बीचमा थुप्रै चोटी माओवादीसँग शान्तिवार्ताका प्रयासहरु भएका थिए धेरै चोटी बैठकहरु बसेका थिए, युद्ध विराम गरेका थिए, दुइटै पक्षले ति सबै असफल भएका थिए । हुन पनि कहाँबाट सफल हुन्थ्यो र जुन शक्तिले माओवादीलाई पालेर लुकाएको थियो । त्यस शक्तिको स्वार्थ र मिसन पूरा नहुँदा सम्मन सफल हुने कुरै थिएन आज आएर थाहा पाउँदैछन् नेपाली जनताले त्यो रहस्यमय कथा ।
तत्कालीन माओवादीका नारा तीन वटा थिए । अन्तरिक सरकार गठन गोलमेच सम्मेलन संविधानसभाको चुनाव जुन कालान्तरमा गए दुनियामा हुनै नसक्ने हुँदै नभएको नेपालमा दुईचोटी भयो र जनतालाई राजनीतिक पार्टीहरुले एक अर्कोप्रति आरोप प्रत्यारोप गर्दै टाइम पास गरे तर त्यो संविधानसभा विघटन हुनुको कारण नेपालका राजनीतिका पार्टीहरुले जुन शक्तिसँग कुन चिज दिनेछौ भनी बाचा र कसम गरेका थिए । त्यही शक्तिद्वारा भनेको चिज नपाउँदा त्यो ऐतिहासिक संविधानसभा विघटन गराइएको तितो अतीत नेपाली जनताले भोलि किताबमा पढ्न पाउने छन् । जब दिल्लीमा १२ बुँदे समझदारी गराएर भारत लगायत अन्य शक्तिले विद्रोही माओवादी र नेपालका सात राजनीतिका पार्टीबीच मिलन गरी नेपाल पठाए देशैभरी जनआन्दोलन गरियो त्यति ठूलो आन्दोलन थियो त्यो जसले सदीयौदेखि जरा गाडेर बसेको शक्तिशाली राजतन्त्रलाई नेपाली जनताका अगाडि घुँडा टेक्न बाध्य बनाएको थियो । त्यती ठूलो आन्दोलनमा कहीँ कतै पनि संघीयता र सेकुलर स्टेट कुरा उठेकै थिएनन् । तर कुन शक्तिले कुन प्रयोजनको निमित्त कुन शक्तिको दबाबमा नेपाली जनताको आस्था र भावनामाथि खेलवाड गरी नेपालको अस्तितो धर मर हुने खालको चीज कसले हाली दियो नेपालको संविधान भित्र त्यसको हिसाब किताब भोलि हुँदै जाला धर्मनिरपेक्ष राज्यको धर्म हुँदैन भन्ने हुन्भोलि हुँदै जाला धर्मनिरपेक्ष राज्यको धर्म हुँदैन भन्ने हुन्छ तर हाम्रो जस्तो “अथिति देवो भवः सत्यमेव जयते असतो म सद्मय तमसो म ज्योतिर्गमय” बोलीने भूमिलाई किन बनाइयो सेकुलर स्टेटको अवधारणा लगभग छ शताब्दीदेखि सोह्रौसम्म ।
यूरोप जुन बर्बरतामा बाँच्यो त्यसको प्रतिफल हो सेकुलर स्टेट त्यहाँ चर्च राजबीच हजार बर्ष सत्ताको लडाई चलेको थियो । पहिला पहिला त चर्च धार्मिक क्रियाकलापमा मात्रै सीमित थियो । बिस्तारै बिस्तारै चर्चले राजाको राज्य सञ्चालन नीतिमा पनि हात बढाउँदै लगेको थियो जस्तो कि सरकारी अदालतद्वारा गरिएका निर्णयहरु फिर्ता गराउने राजाले गरेका हरेक निर्णयमा पादीहरुले आफ्नो पनि हिष्ये दारी खोज्ने अन्तमा चर्च राजाबीचको सक्तिको होडका कारण यूरोप हजार वर्ष बर्बतामा बाँचेको थियो पादरीहरुले ‘शरीर र आत्माको सिद्धान्त’, ‘दुई तलवारको सिद्धान्त’ आदि प्रतिपादन गरेका थिए । शरीर र आत्माको सिद्धान्त भनेको पदाकिोहरुको भाषामा राज्य शरीर हो चर्च आत्मो हो शरीरमाथि आत्माले शासन गर्नुपर्छ यानि कि राज्य माथि चर्च शासन गर्नुपर्छ भनी यही सिद्धान्त बोकी राजा र चर्च बीचको संघर्ष पछि राजाले राज्य चलाउने र पादरीले चर्च चलाउने भनी राज्यको धर्म नहुने गरी धर्म सम्बन्धी विवाद समाधान गरिएको थियो । त्यही कुरा सोह्रौ शताब्दी पुगेर बेलायतले आफ्नो देशलाई सेकुलर स्टेट बनाएको थियो । जुन यूरोप अमेरिका अफ्रिकाका कयौँ देशमा छाडा सभ्यताले गाँजेको छ अहिले तर हाम्रो देशलाई सेकुल बनाउनुको रहश्य के हो थाहा छैन कसैलाई । किनकि यहाँ न कुनै पशुपतिनाथका पुजारी न जानकी मन्दिरका महन्त नै राजा र राजनीतिक दलका नेता कहा राज्य सञ्चालनको हिस्सा माग्न गएका थिए । संघीयता किन ल्याइयो यति सानो देशलाई । के संघीयता नेपालको लागि वरदान हो त ? संघीयता यति सानो सामरिक महत्तभु राजनीति र अन्तर्राष्ट्रिय राजनीतिक खेलाडीको कारण बिष सावित हुनसक्छ भोलिका दिनमा नेपाल । नेपाल अत्यन्त संवेदनशील मुलुक हो यहाँ धर्तीको साइनो नजोडिए पनि आकाशको साइनो जोडिएका मुलुकको ठूलो स्वार्थ छ । नेपालका राजनीतिक पार्टीहरुले नेपाली जनतालाई अन्तिम सत्य र समाधान संघीयता हो भनी जहर भरेका छन् । उनीहरुलाई राम्रै थाहा छ संघीयता अन्तिम सत्य र समाधान होइन भन्ने कुरा के र कसद्वारा कसको ऋण तिर्न यो चीज नेपालको संविधानभित्र समावेश गरे । त्यो थाहा हुँदै जाला यदि संघीयता देशको सत्य र समाधान हुँदो हो त संघात्मकतामा गएका मुलुकह आज टुक्रा टुक्रा नहुँदा हुन् । बेल्जिम, सुडान, इथोपिए, नाइजेरियाले किन देश विभाजनको पीडा सहुन पथ्र्यो । भारत किन टुक्रिनु पथ्र्यो आज भन्दा २ शताब्दी अगाडि स्पेनबाट क्याटलान छुट्टिन्छु भनी किन घोषणा गर्दो हो भारतमा कश्मीर पञ्जाव खालस्तान करेल गोरखालैण्ड, तमिलनाडु स्वतन्त्रको माग गर्दै किन सडक तताउँदा हुन् । यो सब माओवादीद्वारा विदेशीहरुले आफ्नो स्वार्थ पूरा गर्न बाडिदिएका बिषका प्याला हुन् । जुन फुटेको दिन देशमै आगो बालिनेछ ।
०६२/६३ को जनआन्दोलन र शान्ति प्रक्रिया सुरु भइसकेपछि पहिलो संविधानसभा मार्फत माओवादी देशको ठूलो पार्टी बन्यो र सत्तामा पुग्यो जनतामा फरक उत्साह थियो । अब देशमा स्थिरता स्थायित्व विकास हुनेछ । देशले लोकतान्त्रिक संविधान पाउने छ भनी ठूलो आश थियो । तर माओवादीले फक कदम चाल्यो देशल्े अनेकौँ कष्ट भोग्यो माओवादीले राष्ट्रपति, सेनापति, पशुपति कदम चालेर देशलाई गुमराहमा राख्यो माआवादीले सत्ता कब्जाको निमित्त सयौँ हत्याकाण्ड ग¥र्यो । माओवादीले नेपालको सदियौ देखि मिलेर बसेको जातीय र धार्मिक सांस्कृतिक सद्भाव विरुद्ध जातीय राज्यको परीकल्पना दिएर जनजाति र दलितलाई सडक तताउन आह्वान ग¥र्यो । नेपाल र नेपाली जनताका विरुद्ध जेहाद छेड्यो जनजाति र दलितहरुले नारा लगाए चुचे नाक काटिन्छ भित्तामा टाँसिन्छ जुन बाहुनहरुलाई संकेट गरेका थिए । उनीहरुले त्यती बेलाको नेपालको स्थिति सूडान र नाइजेरियाको झल्को दिने खालको थियो माओवादीले त्यस बीचमा यूरोप, अमेरिका र पादरीहरुको ऋण चुक्ता गर्न देशलाई सेकुल स्टेट बनाएर छाडे । जसमा नेपालका पुराना भनिएका राजनीतिका पार्टी कांग्रेस र एमालेले भोट बैंकको राजनीतिको लागि आँखा बन्द गरेर समर्थन गरे । जसको दीर्घकालीन असर कति पर्छ कसको दबाबमा सेकुलर स्टेट बनाए त्यो कहानी गर्भमै छ । जुन कहानी ९३% नेपाली जनताले मन पराउँदैनन् ।
माओवादीले सत्ता सञ्चालन गर्न नसकेर त्यो बीचमा राजीनामा ग¥र्यो र सडक तताउन थाल्यो । सत्ता कब्जा गर्छौ भनी देश भरिका माओवादी कार्यकर्ताहरुलाई काठमाडौँमा बोलाई भण्डारा चलायो । माओवादीले अनिश्चितकालीन आम हड्ताल भनी नेपाल नै ठप्प पा¥र्यो । ४/५ दिन पानी ट्यांकर, दूध ट्यांकर पनि चलाउन दिएन । प्रेसको गाडी बिरामीका एम्बुलेन्सहरु तोडफोड ग¥र्यो । तर अन्तमा जनताको धैर्य टुट्यो माओेवादीको प्रतिकारमा देशैभरी आफू विरुद्धको जनमत बुझी हड्ताल फिर्ता लियो ।
माओवादीले आम हड्ताल गर्नुको काण थियो सत्ता छोड्नुको पीडा माओवादीले सेनापतिलाई हटाएको थियो जुन कदम राष्ट्रपतिले बदर गरेका थिए । संवैधानिकरुपमा त्यो कदम गलत भएपनि राजनीतिका रुपमा सही थियो भनेर नेपालका कयौँ बुद्धिजीवीले भन्ने गरेका छन् त्यो घटनालाई ।
माओवादीले कतिसम्म भ्रम फिजाएका थिए भने जातीय राज्य नहुँदासम्म नेपालको उत्थान हुँदैन भनी बहस र भाषण खूबै गर्थे त ति जातीय राज्य प्रमुख भने माओवादीले बाहुनहरुलाई बनाएका थिए जस्तो कि ताम्सलिङ अग्नि सापकोटा, थारुवन लेखराज भट्ट, नेवा राज्य, पम्फा भुसाल, लिम्बुवान नारायण शर्मा यस्तै यस्तै थिए अरु जब संयुक्त गरेर पनि माओवादी फेल भए उनैले नै पहिलो संविधानसभा विघटन गराएर देश झन् बर्बादको खाडल तिर गयो । माओवादीले संविधानसभाको भवनभित्र धेरै चोटी जंगली व्यवहार देखाएको थियो । अमेरिकाले दिएका डेनमार्कले दिएका माइक, नर्बेले दिएका कुर्सी, चैनाले बनाइदिएको भवन, कयौँ चोटी भेडाको बथान बनेको थियो, त्यो गरिमामय ठाउँ । संविधानसभा विघटन भएको हुनाले सरकार पनि सोतहः काम चलाऊ भएकोले उसले चुनाव गराउने काम त गर्न सक्थ्यो तर नेपालका राजनीतिक पार्टीहरु सरकामा नभए चुनाव हारिने डरले कोही कसैको अन्डरमा चुनाव गराउन नैै चाहादैनथ्ये । फलस्वरुप अदालतका न्यायधिसको चिट्टा पर्यो बहाल वाला प्रधानन्यायधिशलाई प्रधानमन्त्री बनाइयो । जसको नाम अन्तरिम चुनावी मन्त्रीपरिषद भनेर दिइयो । उक्त चुनावी परिषदले सफलतापूर्वक चुनाव सम्पन्न गरायो जुन चुनावले पुरानो अंक गणित फेरि दियो पहिलो पार्टीलाई तेस्रो स्थान दियो नेपाली जनताले ।
यूरोप र अमेरिकनहरुको माओवादी मार्फत लागू गर्न खोजिएको जातीय राज्य आउट भयो देश जातीय राज्यबाट जोगियो । नेपाललाई जातीय राज्य बनाउन मोटै रकम खर्च गरेका थिए यूरोप र अमेरिकाले । दोस्रो संविधानसभाले नेपाली जनतालाई संविधान त दियो तर विभिन्न शंका उपशंका उत्पन्न गरेको छ । देशमा नयाँ प्रकारको धुरविकरण बनेको छ । ८ वर्ष लगाएर लेखिएको संविधानमा बहुदलीय व्यवस्था भनिएको छ तर राजनीतिक पार्टीहरु भने देश दुई दलिया व्यवस्थामा गयो भनी गीत गाइरहेका छन् यो दिउँसै रात पर्ने कुरा होइन र । किनभने अहिले चुनाव लड्दासँगै भएपनि भोलि सत्तामा पुग्दा बाहिरका सक्तिहरुले १०–१० जना सभासद गरेर भएपनि पाँच वर्षको लागि कयौँ पार्टी बनाइदिने छन् । अन्तर्राष्ट्रिय खेलाडीहरुले नेपालकै संविधान मार्फत बाटो खोलेका छन् । यिनै पार्टीहरुले अहिले वाम र लोकतान्त्रिकह गठबन्धन बनाउनुको अर्थ हुने छैन भोलि ।
महाभारतका १८ पर्व मध्ये एक हो शान्ति पर्व । शान्ति पर्वमा लोककल्याणकारी राज्यको बारेमा बयान गरिएको छ जसलाई यूरोप अमेरिकाका गोराहरुले भन्दछन् अहिलेको लोकतान्त्रिक राज्य त्यसैको प्रतीक हो भनिन्छ लोकतन्त्रको सापटी त्यही शान्ति पर्वबाट ल्याएको हो भन्छन् धरै विद्वानहरु । जुन पर्वमा लोकतन्त्रको बयान गरिएको छ जानकारहरुको भनाइमा लोकतन्त्र भनेको जनताको आस्था, भावना र जनताले अंगीकार गर्ने भित्री मनको प्रतीक हो । त्यो प्रतीकलाई शासन गर्ने शासकले प्रतिबिम्बित गरेन भने त्यो देशका जनता कहिले पनि खुशी र सुखी हुने छ्रैनन् भनी महाभारतको शान्ति पर्वमा उल्लेख भएको चीज हो । यो हाम्रो लोकतन्त्रले जनताको आस्था र भावनाको विचार गरोस तर बिष रोपेर अमृतको आशा गर्नु नेपाली जनताको भूल हुन सक्छ भोलि ।
शिरीष जोशी, महेन्द्ररत्न क्याम्पस ताहचल काठमाडौँ
अर्थशास्त्र संकाय तेस्रो वर्ष बी. एड.