अमेरीकाद्वारा सैनिक सहायता निलम्बन



काठमाडाै, २१ पुस २०७४ : अमेरीकाले इस्लामवादी लडाकु समूहरूसँग जुध्नका लागि पर्याप्त काम नगरेको भन्दै पाकिस्तान लार्इ  उपलब्ध गराउँदै आएको सबै सुरक्षा सहायता निलम्बन गर्ने  भएकाे छ ।

पाकिस्तान सन् २००१ को सेप्टेम्बर ११मा   अमेरिकामा भएको हमलापछि अनिच्छापूर्वक आतंकवाद विरुद्धको लडाईंमा जोडिएको थियो। पछिल्लाे केही समय देखि राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाबाट अरबौं डलर लिइरहे पनि पाकिस्तानले आतंकवादीलाई शरण दिएको आरोप लगाउदै अाएका थिए। तर पाकिस्तानले भने इस्लामवादी सञ्जालहरूसँगको लडाईंमा आफूले ठूलो क्षति ब्योहोरेको बताउने गरेको छ। अमेरिकाको विदेश मन्त्रालयकी प्रवक्ताका अनुसार पाकिस्तानले लडाकुहरूविरुद्ध निर्णायक कदम नचाल्दासम्म सुरक्षा सहायता निलम्बन गर्ने वासिङ्टनले निर्णय गरेको हाे ।

अमेरिकी विदेश मन्त्रालयका  अनुसार पाकिस्तान लार्इ दिदै अाएकाे सबै सहायता नराेकेपनि  इस्बालामदले हक्कानी नेटवर्क र अफगान तालिबानविरुद्ध कारबाही नगर्दासम्म सहायता निलम्बन गर्ने बताएको हो। बिबिसिबाट

प्रतिक्रिया दिनुहोस्